काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिना (साउन-कात्तिक)मा काठमाडौंका सडकमा रहेका २७ हजार ५०० वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरिएका छन् ।
सडक डिभिजन काठमाडौंले बिहीबार चौमासिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
कार्यालयका अनुसार यस अवधिमा रोड एम्बुलेन्स मार्फत नियमित मर्मत र सम्भार ठेक्काबाट उक्त काम गरिएको जनाएको छ ।
सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने कार्यालयले जनाएको छ ।
सडक डिभिजनले आफ्नो क्षेत्रभित्रका सडकका खाल्डाखुल्डी पुर्न रोड एम्बुलेन्स संचालनमा ल्याएको छ । त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोबाइल एप समेत संचालनमा ल्याएको छ ।

