टीभीएसको डिजिटल स्कुटर एनटर्क नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । टीभीएसको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट स्कुटर एनटर्क नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा निकै आक्रमक बजार विस्तार गरिरहेको यो स्कुटरलाई कम्पनीले नाडा अटो शोमा सार्वजनिक गर्न लागेको हो । 

भारतमा उत्पादन हुने स्कूटरमा पहिलो पटक मोबाइल कनेक्ट गर्ने अप्शन दिइएको यसमा धेरै फिचरहरु डिजिटल गरिएको छ । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । 

यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखाउने छ । 

कम्पनीले यो स्कुटरको नेपाली बजारमा मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । 

त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।

१२५ सीसीको इन्जिन दिइएको यसले ९.३ बिएचपी पावर र १०.५ एनएम टर्क उत्पादन गर्छ । यो स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ । 

टपस्पीड ९५ किलोमिटर रहेको यो स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन नौ सेकेन्डमात्रै लगाउने छ । 

१२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि ड्रम र डिस्क दुबै ब्रेक भेरिएन्टमा उत्पादन गरिएको छ । नेपाली बजारमा ड्रम ब्रेक भेरिएन्ट भने उपलब्ध हुने छैन । 

१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न चार रङमा उपलब्ध छन् ।

कम्पनीले यो स्कुटरको नेपाली बजारमा मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । 


Back_to_top