काठमाडौं । इटालियन ब्रान्ड एसडब्लुएमका बाइकहरु नेपाली बजारमा भित्रिएको छ । एसडब्लुएमका बाइकहरु नेपाली बजारका ज्ञान अर्थमुर्भसले ल्याएको हो ।
एसडब्लुएम १९७१ मा स्थापना भएको कम्पनी होे तर कम्पनीले १९८४ बाट मात्र आफ्नो उत्पादन सुरु गरेको थियो ।
एसडब्लुएमका बाइकहरु आर्कषक डिजाइनमा बनाइएका छन् यी बाइकहरुको लुक्स हुस्कभर्ना बाइकसँग मिल्दो जुल्दो रहेको छ ।
बाइकको आर्कषक डिजाइनले नेपाली युवाहरुको आँखा आफुतिर तान्न सक्छ । नाडा अटो शो लाई लक्षित गरेर एसडब्लुएम नेपालले यी तीन बाइक सार्वजनिक गर्ने तयारी गरेको छ ।
१. आरएस ३०० आर
आरएस ३०० आर सिगंल सिलिन्डर फोर भल्भ डबल वाटर रेडियटर तथा इलेक्ट्रीक लिक्वीड कुल्ड इन्जिन भएको बाइक हो । यसमा प्रयोग भएको कायावा सस्पेन्सनका कारण यो बाइक अफ रोडका लागी उपयुक्त रहेका छ । यो एक र्डट बाइक हो । यसमा ३०० सीसीको क्षमताको इन्जिन रहेको छ ।
फ्रन्टमा २६० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेक दिइएको बाइकमा ७.५ लिटरको फ्युल ट्याङ्क रहेको छ भने ६ गियर ट्रान्समिसन दिइएको छ ।
२. सिल्भर भेस ४४०
सिल्भर भेस ४४०मा ४४५.३ सीसीको लिक्वीड कुल्ड सिगंल सिलिन्डर फोर टर्क फ्यूल इन्जेक्सन इन्जिन रहेको बाइक हो । यसले ७ हजार आरपीएममा २९.।५० एचपी तथा ५ हजार ५ सय आरपीएममा ३३ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीड गियरबक्स रहेको यो बाइकको फ्रन्टमा २६० एमएम तथा रियरमा २२० एमएमको सिगंल डिस्क ब्रेक रहेको छ । २३.५ लिटरको फ्यूल स्टोरेज क्षमता रहेको यो निकै पावरफुल बाइक हो ।
३. सुपर ड्युल जिटी प्याक
सुपर ड्युल जिटी प्याक ६०० एडभेन्चर राइडरहरुको लागी उत्कृष्ट बाइक हो । अफरोड राइडिङका साथै हाइवे राइडका लागी पनि त्यतिकै क्षमतावान रहेको यो बाइक एडभेन्चर राइडका लागी एरोडाइनामिक डिजाइनमा बनाइएको छ ।
६०० सीसी लिक्वीड कुल्ड डबल रेडियटर इन्जिन क्षमता रहेको यो बाइकमा ६ गियरको गियरबक्स दिइएको छ । यो बाइकमा फ्यूल इन्जेक्टर प्रबिधि प्रयोग गरिएको छ । फ्रन्टमा ३२० एमएम तथा रियरमा २८० एमएमको डिस्क ब्रेक रहेको छ । १९ लिटर फ्यूल स्टोरेज क्षमता रहेको छ ।

