काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा चर्चा कमाएको छ एको चेरी क्यू इलेक्ट्रीक एसयूभीको नेपालभर डेलिभरी सुरु भएको छ ।
नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले एकसाथ देशका प्रमुख सहरहरुमा डेलिभरी सुरू गरो हो ।
चेरी क्यूको डलिभरी सुरु भएसँगै चेरी क्यूको प्रिमियम भर्सन यही साता सार्वजनिक हुँदैछ ।
सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित चेरी क्यूमा ४१.२किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले एकपटकको फुचार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
चेरी क्यूमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउण्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी एडास सुविधाहरू रहेका छन् ।


