एथर अपग्रेड फेस्टिभल सुरू, एथरको स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

काठमाडौं । एथर इलेक्ट्रीक स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट पाइने स्कीम ‘एथर अपग्रेड फेस्टिभल’ सुरु भएको छ । एथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लीले कार्तिक १५ देखि कार्तिक २२ गतेसम्म लागु हुने गरि उक्त क्यासब्याक अफर संचलानमा ल्याएको हो ।

चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिएको यस आठदिने फेस्टिभ अपग्रेड देशैभर रहेको एथर शोरुममा उपलब्ध हुनेछ ।

यो योजना अन्र्तगत ग्राहकले आफुसँग भएको कुनैपनि ब्रान्डको पुराना स्कुटरसँग एथरको नयाँ स्कुटर अपग्रेड गर्न सक्नेछन् ।

वैद्य इनर्जी प्रा. लीले नेपाली बजारमा एथरका दुई मोडलका विभिन्न ५ भेरियन्टमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्नपीले ल्याएको यो एथर अपग्रेड फेस्टिभल स्कीम सबै मोडलमा लागू हुने कम्पनीले जनाएको छ ।

एथरका स्कुटरहरुमा आधुनिक फिचरहरु गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल, म्याजिक ट्विस्टलगायतका छ । नेपालमै सबैभन्दा धेरै लामो अबधिको आठ वर्षसम्मको वारेन्टि पनि एथरले आफ्ना स्कुटरमा दिँदै आएको छ ।

नेपालमा एथर इलेक्ट्रीक स्कुटरको सुरुवाती मूल्य ३ लाख २० हजार रुपैयाँदेखि ४ लाख ३५ हजार रुपैयाँसम्म रहेको छ । ग्राहकले आफ्नो आबश्यकता अनुसारको १०० किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज दिने स्कुटर छनोट गरेर खरिद गर्न सक्नेछन् ।


Back_to_top