काठमाडौं । कोरियाली कार निर्माता कियाको एमपीभी कारेन्सको इन्ट्री लेवल भेरियन्ट ‘प्रिमियम’ पनि नेपाल ल्याएको छ । कम्पनीले यही हप्ताबाट कारेन्स विक्री सुरु गरेको हो ।
नेपालको लागि कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज् मार्फत नेपाली बजारमा ७ सिटे एमपीभी कारेन्स लन्च भएकाे हो । याे सँगै कम्पनीले प्रिमियम र प्रेस्टिज भेरियन्ट नेपालमा विक्री सुरु गरेको छ ।
कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार रुपैयाँ र प्रेस्टिज भेरियन्टको मूल्य ५२ लाख ९० रुपैयाँ रहेको छ । सुरुमा प्रेस्टिज भेरियन्ट मात्रै ल्याउने भनेको कियाले प्रिमियम भेरियन्ट पनि ल्याएको हो ।
कम्पनीले ल्याएको कारेन्स सुरक्षीत, धेरै स्पेश भएको र स्टाइलिस रहेको कारण धेरै मानिसको रोजाईमा पर्ने कन्टिनेन्टल ट्रेडिङको बुझाई छ । इन्डियन कार अफ दी इयर २०२३ को अवार्ड जित्न सफल कारेन्समा सुरक्षाको लागि ६ ओटासम्म एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट जस्ता फिचर छन् ।

त्यसैगरी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउन हिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्वील डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर रहेको छ ।
किया कारेन्स दुई इन्जिन अप्सनमा उपलब्ध छ । यसमा रहेको १.५ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.४ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १४० बीएचपी पावर र २४२ एनएम टर्क प्रदान गर्छ । यहाँ उपलब्द माेडलमा भने १.५ लिटरकाे नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन मात्र रहेकाे छ ।
कारेन्समा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रोका लागि हावाको स्पीड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस्, सिट पछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कप होल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल पाउन सकिन्छ ।

