चर्चित ब्राण्डले चीनमा बजार गुमाउँदै, नयाँ ब्राण्डको प्रभाव बढ्दो

काठमाडौं । विश्व अटोमोवाइल बजार धेरैले सोचेभन्दा तिब्रगतिमा ईभीतर्फ मोडिएको छ । अझ चिनियाँ बजारमा यसको रफ्तार तिब्र गतिमा बढिरहेको छ ।

चीनमा ईभीको लागि चाहिने ब्याट्री उत्पादन र सप्लाईमा समस्या नहुँदा र सरकारको नीतिका कारण उत्पादक तथा उपभोक्ता दुबैको ध्यान ईभीमा केन्द्रित भएको तथ्यांकले देखाउँछ ।

चीनका गाडी उत्पादक र अमेरिकी अटोमोवाइल ब्राण्ड टेस्लाले पनि चीनमा ईभीको चाहना बुझ्दै आफ्नो उत्पादन तयार गरेको प्रस्ट देखिन्छ । तर, चीनमा विगत लामो समयदेखि बजारमा कब्जा जमाएर बसेका विदेशी अटोमोवाइल कम्पनीहरुले भने ग्राहकको परिवर्तन बुझ्न नसक्दा आफ्नो बिक्रीमा उच्च गिरावट भोगिरहेका छन् ।

विश्व प्रसिद्ध ब्राण्ड टोयोटा, जनरल मोटर्स, फक्सवागेन, बीएमडब्लुु र मर्सिडिज जस्ता स्थापित अटोमोवाइल ब्राण्डले चीनमा आफ्नो बजार हिस्सा गुमाउँदै आएका छन् । जापनीज अटोमोवाइल ब्राण्ड टोयोटा र होन्डाले भर्खरै मात्र ब्याट्री इलेक्ट्रीक कार विश्वको माग रहेको स्विकार गर्दै भविष्यका योजना सार्वजनिक गरेका छन् ।

सन् २०२३ को पहिलो क्वाटरसम्म चीनमा ईभीको हिस्सा ३१ प्रतिशत पुगेको छ । यो आंकडा सन् २०२१ को पहिलो क्वाटरको तुलनामा १०० प्रतिशतले बृद्धि भएको हो । सन् २०२३ को ईभीको बिक्रीमा ८० प्रतिशत हिस्सा चिनियाँ स्थानीय ब्राण्डको मात्र रहेको छ ।

चीनमा अहिले न्यू इनर्जी भेहिकल उत्पादनमा बीवाइडी, चांगान, जीएसी, जिली, एसएआइसी, एक्सपेङ, नियो, विलिङ, होजोन अटो, लाई अटो, जीकर, सोरेश जस्ता ईभी ब्राण्डहरु छन् ।


Back_to_top