काठमाडौं । नेपालमा उपलब्ध १२ सय सीसी इन्जिन क्षमता र मूल्य पनि उस्तै रहेका हुन्डाईको ग्राण्ड आई १० नियोस र सिट्रोनको सीथ्री एक अर्काका प्रतिस्पर्धी देखिन्छन् ।
यी दुई मोडल बीच मूल्य र इन्जिनमा समानता रहेपनि साइज र डिजाइनमा भने केही फरक पाउन सकिन्छ । कोरियन ब्राण्ड हुन्डाईले उत्पादन गरेको ग्राण्ड आई १० लामो समयदेखि नेपालमा बिक्री हुँदै आएको मोडल हो । यूरोपियन ब्राण्ड सिट्रोन सीथ्री हालै मात्र नेपाल आएको ब्राण्ड हो ।
सिट्रोन बल्की डिजाइनमा तयार भएको क्रसओभर मोडल हो । यसलाई भारतमा ह्याचव्याक सेग्मेन्टमा नै राखेर बिक्री गर्दै आएको छ । तर, नेपालमा यसलाई सब फोर मिटर एसयूभी सेग्मेन्टमा प्लेसमेन्ट गरेको आधिकारीक बिक्रेता साँग्रिला मोटरको भनाई छ ।
तर, हुन्डाई ग्राण्ड आई १० नियोस भने पूर्णतया ह्याचव्याक कार हो । निकै स्टाइलिस डिजाइन र प्रिमियम फिचर आई १० नियोसको बलियो पक्ष हो ।
इन्जिन
हुन्डाई ग्राण्ड आई १० मा १.२ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले ८३ पीएस पावर तथा ११४ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

सिट्रोनको सीथ्रीमा पनि १.२ लिटर कै पेट्रोल इन्जिन छ । तर, यसको इन्जिनमा थ्री सिलिण्डर हो । यसको इन्जिनले ८२ पीएस पावर तथा ११५ न्यूटन मिटर टर्क प्रदान गर्छ । दुबै कारमा ५ स्पीड म्यानुअल गियरबक्स छ । सिट्रोनले १९.८ किलोमिटर प्रतिलिटर र हुन्डाईले २०.७ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
साइज
साइजको मामलामा सिट्रोनको सीथ्रीको लम्बाई, चौडाई र ह्वीलवेस धेरै छ । तर, उचाई भने ग्राण्ड आई १० नियोस अगाडि छ ।
सिट्रोन सीथ्रीको लम्बाई ३९९० एमएम छ, हुन्डाई ग्राण्ड आई १० नियोसको ३८०५ एमएम छ । चौडाई सीथ्रीको १७४५ एमएम हुँदा आई १० नियोसमा १६८० एमएमको लम्बाई पाउन सकिन्छ । उचाईको मामलामा पनि सीथ्री माथिनै रहेको छ । सीथ्रीको उचाई १५८६ एमएम छ भने नियोसको १५२० एमएम रहेको छ ।
सिट्रोन सीथ्रीको ह्वीलवेस २५२० एमएमको छ । हुन्डाईले आई १० नियोसमा २४५० एमएमको ह्वीलवस दिएको छ । ग्राउण्ड क्लियरेन्स पनि सिट्रोनको १८० एमएम छ भने आई १० नियोसमा १६५ एमएम पाउन सकिन्छ ।

बुट स्पेश पनि सीथ्री अगाडि देखिन्छ । यसमा ३१८ लिटरको बुट स्पेश रहँदा आई १० नियोसमा २६० लिटरको छ । दुबै गाडीमा समान ३७ लिटरको इन्धन ट्याङ्क छ ।
मूल्य र भेरियन्ट
नेपाली बजारमा सिट्रोनको लाइभ र फिल गरी दुई भेरियन्टमा उपलब्ध छ । हुन्डाई आई १० नियोस भने इरा, म्याग्ना, म्याग्ना अटोमेटिक तथा स्पोट्ज गरी चार भेरियन्टमा उपलब्ध छ ।
सीट्रोन सीथ्री लाइभ भेरियन्टको मूल्य ३४ लाख ४९ हजार र फिल भेरियन्टको ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
हुन्डाई ग्राण्ड आई १० नियोसको इरा भेरियन्टको मूल्य २९ लाख ९६ हजार, म्याग्ना भेरियन्टको मूल्य ३५ लाख ५६ हजार, म्याग्ना अटोमेटीकको ३७ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको ३७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।


