स्क्रयाम ४११ टेष्ट राइड: मोटरसाइकलले मन जित्यो, मूल्यले चकित बनायो

काठमाडौं । गत शुक्रबार रोयल इनफिल्डले दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्यो । कम्पनीले अल न्यू क्लासीक ३५० र स्क्रयाम ४११ सार्वजनिक गरेको थियो ।

कम्पनीले मोटरसाइकल सार्वजनिक गर्ने अवसरमा शुक्रबार बिहान ‘रोयल इनफिल्ड मिडिया राइड’ कार्यक्रम आयोजना गरेको थियो । मिडिया ड्राइभ भएकै कारण मैले पनि स्क्रयाम ४११ चलाउने मौका पाए ।

कम्पनीले नक्सालमा रहेको आफ्नो सुविधा सम्पन्न शोरुममा मिडियाका केही साथी भेला भएका थिए । साथमा थिए रोयल इनफिल्डका विभिन्न ग्रुपका सदस्य र रोयल इनफिल्ड इन्डियाका सीइओ लगायत अन्य टीम ।

कार्यक्रम सुरु हुँदै गर्दा लाइनअपमा मिलाएर राखिएको क्लासीक ३५० र स्क्रयाम ४११ केही फरक थिए । कम्पनीले पहिलो पटक दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको थियो । यसअघि नेपाल आउने विषयमा कुनै हल्ला नभएको तर, एकै पटक आफ्नै अगाडि देख्खा अचम्म मानेर स्क्रयाम ४११ चलाउने निर्णय गरेँ ।

फ्रस्ट इम्प्रेशन

क्लासीक ३५० रोयल इनफिल्डकै सर्वाधिक सफल तथा धेरै बिक्री हुने मोडल हो । क्लासीक ३५० मन नपराउने राइडर कमै मात्र भेटिन्छ । सधै चलाइराखेको क्लासीक ३५० भन्दा स्क्रयाम ४११ ले मलाई आकर्षित गरेको थियो ।

सायद पहिलो पटक देखेको र यस अघि स्क्रयाम राइड नगरेको भएर पनि होला यसलाई चलाउने तिब्र इच्छा मलाई जाग्यो ।

स्क्रयाम ४११ एड्भेन्चर डिजाइन प्रेरित हाइव्रिड अवार्न डिजाइनको मोटरसाइकल भन्दा फरक पर्दैन । यो मोटरसाइकल दैनिक प्रयोगदेखि एड्भेन्चर राइडसम्मका लागि उपयुक्त छ ।

कम्फर्ट

रोयल इनफिल्ड भन्ने बित्तिकै तौल धेरै भएको र एकदमै ठूलो साउन्ड भएको मोटरसाइकल भनेर धेरैले बुझेका हुन्छन् । यो रोयल इनफिल्डको विशेषता नै हो ।

नयाँ आएको स्क्रयाम ४११ को तौल १८५ किलोग्राम रहेको छ । जव यो मोटरसाइकल चलाउन सुरु गरिन्छ, हामीले एकदमै लाइट वेट मोटरसाइकल राइड गरिरहेको अनुभव हुन्छ ।

यसको ह्यान्डलिङ एकदमै कम्र्फट र सिट हाइट लो पोजिशन र ह्यान्डलबार केही अपराइट छ । यसले अफरोड राइडका लागि एकदमै आरमदायी हुने खालको छ । स्क्रयाम ४११ मा एकदमै स्मुथ एक्जष्ट साउन्ड अनुभव गर्न पाइन्छ ।

ब्रेकिङ/ह्वील

स्पोक ह्वील रहेको स्क्रयाम ४११ को फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको वाइडर टायर दिएको छ । यसमा भएको डवल पर्पस टायरले कर्नरिङ तथा अफरोडमा छुट्टै प्रकारको कन्फिडेन्ट दिन्छ ।

दुबैतर्फ डिस्क ब्रेक र साथमा रहेको एबीएस फिचरले यसलाई सुरक्षीत बनाएको छ । यसको फ्रन्टमा ३०० एमएमको डबल पिस्टन फ्लोटीङ क्यालिपर र रियरमा २४० एमएमको सिंगल पिस्टन फ्लोटिङ क्यालिपर उपलब्ध छ ।

सस्पेन्सन

एड्भेन्चर बडी ल्याङ्ग्वेजमा रहेको यो मोटरसाइकलको फ्रन्टमा १९० एमएम ट्राभल क्षमताको ४१ एमएम टेलिस्कोपिक सस्पेन्नस छ । यो ट्राभल सस्पेन्सनले बम्पी रोडमा सहज राइडका एकदमै सहयोग पुग्यो । रियमा भने लिंकेज मोनोशक सस्पेन्सन छ ।

इन्जिन रिफाइनमेन्ट

हिमालय एड्भेन्चर ४११ मा रहेको इन्जिन एकदमै रिफाइनमेन्ट पाउन सकिन्छ । रोयल इनफिल्डका पुराना मोटरसाइकलमा हुने भाइव्रेशन फिल यसमा हुँदैन ।

कम्पनीले दावी गरेको माइलेज अनुसारकै माइलेज यसले दिन्छ । मैले झण्डै ८० किलोमिटर यात्रा गर्दा केवल २.५ लिटर पेट्रोल खर्च भएको थियो ।

मूल्य

विहान राइड सुरु भएर सकिदासम्म पनि यसको मूल्य बताइएको थिएन । मोटरसाइकल चलाएर सबै कुरा अनुभव गर्दै गर्दा यसको मूल्यको बारेमा एकदमै कौतुहलता थियो ।

दिउँसो मोटरसाइकल सार्वजनिक कार्यक्रममा रोयल इनफिल्ड इन्डियाका सीइओ बी भोगिन्दराजनले मोटरसाइकलको मूल्य अनुमान गर्न सबैलाई अनुरोध गरेको थिए । मैले ८ लाख ४९ हजार रुपैयाँ अनुमान गरेको मूल्य ६ लाख ६० हजारमा नै आएको देखेर म आश्चर्य चकित भएको थिए ।


Back_to_top