टेस्ला मोडल थ्री फेसलिफ्ट परीक्षणमा

काठमाडौं । अमेरिकी चर्चित ईभी उत्पादक टेस्लाले आफ्नो सर्वाधिक सफल मध्येको एक मोडल थ्रीको फेसलिफ्ट ल्याउने भएको छ । कम्पनीले यसको सडक परीक्षण गरिरहको तस्विर बाहिर आएसँगै मोडल थ्रीको फेसलिफ्ट आउने पक्का भएको हो ।

टेस्लाले मोडल थ्रीको फेसलिफ्ट मोडल क्यालिफोर्नीयाको सडक परीक्षण भइरकेको तस्बिर बाहिर आएको हो । प्रोजेक्ट हाइल्याण्ड नाम दिएर परिक्षण सुरु भएको यो गाडी चाँडै बजारमा आउने अनुमान गरिएको छ ।

पूर्णरुपमा कभरले ढाकेर परीक्षण भइरहेको मोडल थ्रीमा हेडलाइट र टेललाइट पूर्णत नयाँ प्रयोग भएको देख्न सकिन्छ । टेस्लाले यसको रियर दिइएको डिफुसर परिवर्तन गरेर मोडल एसमा प्रयोग गरेजस्तै दिएको छ ।

परीक्षणमा देखिएको नयाँ मोडल थ्रीमा टर्न लाइट एलइडी भर्टिकल सेटअपमा प्रयोग गरिएको छ । अहिले बजारमा उपलब्ध मोडलमा यसलाई होरिजेन्टल तरिकाले प्रयोग गरिएको थियो ।

टेस्लाले यसमा आफ्नो लेटेस्ट अपडेटेड हार्डवेयर फोर अटोपाइलट कम्प्यूटरलाई सपोर्ट गर्ने साइड क्यामरा प्रयोग गरेको अनुमान गरिएको छ । जसले डाइभर असिस्ट सिस्टमलाई थप एड्भान्स बनाउने छ ।

टेस्लाका सीइओ इलन मस्कले कहि समयपछि चीनको संघाईमा रहेको गिगा फ्याक्ट्री भ्रमण गर्ने र मोडल थ्री फेसलिफ्ट त्यही समयमा सार्वजनिक हुने हल्ला फैलिएको थियो ।

मस्कले आफ्नो पछिल्लो सेयर होल्डर मिटमा साइवर ट्रक र नयाँ सेडान कार लन्च गर्ने संकेत दिएका थिए ।


Back_to_top