काठमाडौं । अग्नी इनकर्पोरेट प्रालिले महिन्द्रा ‘स्कर्पियो एन’ नेपाल ल्याएको छ । ठ्याक्कै एक वर्षअघि नेपाल, साउथ अफ्रिका र भारतमा एक साथ सार्वजनिक भएको स्कर्पियो एनको नेपालमा बुकिङ खुल्ला भएको हो ।
एक वर्षअघि काठमाडौंको होटल साेल्टीमा भब्य कार्यक्रम आयोजना गरेर ग्लोवल प्रिमियरसँगै नेपालमा देखाइएको स्कर्पियो एन बुकिङ गर्न चाहने ग्राहकले टेष्ट ड्राइभ गरेर बुकिङ गर्न सक्नेछन् । अहिले स्कर्पियो एन महिन्द्राको थापाथलीमा रहेको शोरुमबाट टेस्ट ड्राइभ गर्न सकिन्छ ।
‘अहिले स्कर्पियो एन टेस्ट ड्राइभ गर्न र बुकिङ गर्न सकिन्छ । बुकिङ गरेका ग्राहकलाई यही महिनाबाट डेलिभरी दिने तयारी भइरहेको छ’, थापाथली शोरुममा रहेका सेल्स टीमले मेरोअटोसँग भन्यो ।
महिन्द्रा स्कर्पियो एनले भारतमा गतवर्ष रेकर्ड बुकिङ पाएको थियो । यसले बुकिङ खुल्ला भएको ६० सेकेन्डमा नै २५ हजार बुकिङ पाएर रेकर्ड बनाएको थियो । अहिले पनि यसलाई किन्न लाइनमा बसेकाको संख्या एकदमै धेरै छ । कम्पनीले सबै बुकिङकर्ताले १४ महिना भित्र स्कर्पियो एन पाइसक्ने बताएको छ । भारतमा एक घन्टामा एक लाख यूनिट स्कर्पियो एन बुकिङ भएको थियो ।

महिन्द्रा स्कर्पियो एन रेगुलर क्लासिक मोडलको तुलनामा फरक बनोट, भिन्न फ्रन्ट ग्रिल, नयाँ ह्वील, नयाँ बडी डिजाइनको साथ आएको छ । यसको क्याविन पनि निकै प्रिमियम छ ।
दुई कलरले सजिएको ड्यासबोर्ड, टप भेरियन्टमा दिइएको लेदर सिट, स्टेरिङ, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ । साथै, सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।
इन्फोटेन्टमेन्ट सिस्टमको दायाँ र वाँया नै एसी भेन्ट दिइएको छ । कम्पनीले नयाँ स्कर्पियो एनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसमा सोनीको थ्रीडी साउन्ड सिस्टम पाउन सकिन्छ ।

निकै प्रतिक्षा गरिएको स्कर्पियो एन २.२ लिटर डिजेल इन्जिनमा नेपाल आएको हो । भारतमा यसलाई २.० लिटर पेट्रोल इन्जिनमा पनि खरिद गर्न सकिन्छ । तर, नेपालमा भने तत्काललाई डिजेल इन्जिनमा मात्रै किन्न पाइन्छ ।
अग्नी इनकर्पोरेट प्रालिले अहिले यसलाई जेड ४ र जेड ८ भेरियन्टमा उपलब्ध गराउने छ । यसको जेड ४ भेरियन्ट म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुनेछ । यसको मूल्य ९० लाख रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी जेड ८ भेरियन्ट म्यनुअल र अटोमेटीक गियरबक्समा उपलब्ध हुनेछ । यसको म्यानुअल भेरियन्टको मूल्य १ करोड १४ लाख र अटोमेटीक भेरियन्टको मूल्य १ करोड २४ लाख रुपैयाँ तोकिएको छ ।

