अगस्टमा टीभीएसले नयाँ स्पोर्टी स्कुटर ल्याउने

काठमाडौं । टीभीएस मोटर्सले नयाँ इलेक्ट्रीक स्कुटरको टीजर सार्वजनिक गरेको छ । कम्पनीले २३ अगष्ट २०२३ मा नयाँ स्कुटर सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले सार्वजनिक गरेको टीजरले नयाँ आउने स्कुटर स्पोर्टी डिजाइनमा इलेक्ट्रीक हुने संकेत गर्छ । टीजरमा देखिएको स्कुटरमा चारवटा वर्गाकार डिजाइनको हेडल्याम देखिन्छ । जुन टीभीएसको कन्सेप्ट मोडल ‘सिरोन इ’बाट प्रेरित देखिन्छ ।

नयाँ आउने स्कुटर नमा के हुन्छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । तर, अगष्ट २३ को लागि मिडियालाई निमन्त्रणा भने कम्पनीले पठाइसकेको छ ।

टीभीएसले सन् २०१८ मा देखाएको कन्सेप्ट ‘सिरोन ई-स्कुटर’ स्पोर्टी डिजाइनमा थियो । यसमा १२ किलोवाट (१६ पीएस) पावरको मोटर जडान गरिएको छ । यसले मात्र ५.१ सेकेन्डमा ०-६० को स्पीड भेट्न सक्ने कम्पनीको दावी छ । यो १५० सीसी क्षमताको मोटरसाइकलहरु बराबरको पावर हो ।

टीभीएस मोटर्सको उत्पादन एनटर्क १२५ सार्वजनिक भएदेखि नै यसले स्पोर्टी स्कुटर सेग्मेन्टलाई प्रभावित पारेको छ । कम्पनीले नयाँ स्कुटरको डिजाइन सिरोन ईभीबाट र यसको विशेषताहरु एनटर्कबाट लिने अनुमान सुरु भएको छ ।

कम्पनीले नयाँ स्कुटर दुवईमा सार्वजनिक गर्ने उल्लेख गरेको छ भने सम्भवत बुर्ज खलिफा टावरबाट यो स्कुटर सार्वजनिक हुनेछ ।

हाल टीभीएसले आइक्यू इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । आइक्युबले सिंगल चार्जमा १४० किलोमिटर रेन्ज कम्पनीको दाबी छ ।


Back_to_top