पहाडको राजा र पर्यटनको सारथी ‘स्कर्पियो’, यी ६ कारण सधैं चर्चामा

काठमाडौं । पहाडको राजा गाडी भनेर चिनिने महिन्द्रा स्कर्पियोले अभूतपूर्व सेवा प्रदान गर्दै आएको छ । ट्राभल एण्ड टुरिजम, राजनीतिकर्मी, स्थानीय सरकार, सेना, प्रहरी सबैको एउटै रोजाइमा पर्दै आएको गाडी हो ‘स्कर्पियो’ ।

७ देखि ९ जना यात्रु सजिलै यात्रा गर्न सकिने ‘फोर ह्वील ड्राइभ सिस्टम’ भएको स्कर्पियो जस्तोसुकै कठिन सडकमा पनि उत्कृष्ट पर्फमेन्स दिने गाडी हो ।

सन् २००२ बाटै बिक्री सुरू भए पनि ‘बृहत् शान्ति सम्झौता’पछि २००७ मा स्थापना भएको राष्ट्र संघीय निकाय (अनमिन)ले प्रयोग गरेपछि स्कर्पियोको चर्चा चुलिएको हो ।

आफ्नो करिब ५ वर्षे अवधिमा अनमिनले देशको सबै कुनामा स्कर्पियो चलाएर आफ्नो दैनिक कार्यसम्पादन गरेको थियो । सबै किसिमका बाटामा उत्कृष्ट पफर्मेन्स गरेपछि नेपाल सरकार र निजी क्षेत्रका पर्यटन व्यवसायीले यसलाई प्रयोगमा ल्याए ।

अहिले पनि कसैलाई अफरोड वा टाढाको यात्रा गर्नुपर्दा सबैभन्दा पहिला सम्झने नाम स्कर्पियो हो । महिन्द्राले पनि स्कर्पियोलाई समय सापेक्ष परिमार्जन गर्दै आएको छ । कम्पनीले गतवर्ष स्कर्पियोको विरासतलाई बढाउन नयाँ ‘स्कर्पियो एन’ बजारमा ल्याएको छ ।

बलियो विगत, पर्यटनदेखि पहाडी बाटोको लाइफ लाइन बनेको स्कर्पियो सफल हुनाको कारण हामीले यहाँ खोजेका छौं ।

युनिक डिजाइन

नेपाली बजारमा कुनै पनि गाडी खरिद गर्नु पहिला डिजाइन र लुक्समा धेरै ध्यान दिने गरिन्छ । कुनै पनि अफरोड एसयूभी खरिद गर्न चाहने ग्राहकको रोजाइमा स्कर्पियो परिहाल्छ । अग्लो र बक्सी डिजाइनमा बनेको स्कर्पियो सडकमा हेर्दा पनि निकै बल्की देखिन्छ ।

उच्च ग्राउन्ड क्लियरेन्स, मस्कुलर बोनेट र अग्लो सिट हाइटको कारण यसमा चढ्ने र चलाउने दुबैको अपेक्षा यसले पूरा गर्दै आएको छ ।

इन्जिन र गियरबक्स

महिन्द्राको स्कर्पियो ३ फरक इन्जिन अप्सनमा पाउन सकिन्छ । यसलाई कम्पनीले २.५, २.२ र २.० लिटर इन्जिनमा ल्याएको थियो । समय अनुसार फरक इन्जिनमा उपलब्ध स्कर्पियो अहिले भने २.० लिटर डिजेल इन्जिनमा पाउन सकिन्छ ।

नेपालमा उपलब्ध २.० लिटर एमहक डिजेल इन्जिनले ११६ पीएस पावर र १८७ न्यूटन मिटर टर्क प्रदान गर्छ । उक्त इन्जिनसँग ६ स्पीड म्यानुअल गियरबक्स रहेको छ ।

फोर ह्वील ड्राइभ अप्सन

महिन्द्राको स्कर्पियो जस्तोसुकै बाटोका लागि उपयुक्त हुनुको मुख्य कारण यसमा रहेको फोर ह्वील ड्राइभ सिस्टम हो । त्यसैले त स्कर्पियो भन्यो भने धेरैको दिमागमा यसको अफरोड क्षमता अगाडि आउँछ ।

यसमा रहेको ४ वाइ ४ ड्राइभिङ अप्सनले पहाडी खराब बाटाहरूमा यात्रा गर्नका लागि वा एड्भेन्चर ड्राइभ चाहनेका लागि एकदमै उपयुक्त बनाएको छ ।

रियर ह्वील ड्राइभ

बजारमा उपलब्ध केही प्यासेन्जर भेहिकल मात्र रियर ह्वील ड्राइभ अप्सनमा छन् । रियर ह्वील ड्राइभ सिस्टम भएका सवारीसाधन फ्रन्ट ह्वील ड्राइभको दाँजोमा पावरफुल हुने गर्छन् । चलाउन आरामदायी तथा बाटोको समस्या बारे सोच्नै नपर्ने भएको कारण स्कर्पियोको यहाँ अलग पहिचान बनेको हो ।

फिचर लोडेड

महिन्द्राले स्कर्पियोलाई अफरोड एसयूभी बनाए पनि एउटा पारिवारिक कारमा हुनु पर्ने सबै फिचर दिएको छ । यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम, कु्रज कन्ट्रोल, प्रोजेक्टर हेडलाइट्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, एबीएस, ड्यूल एयरब्याग, रियर पार्किङ क्यामरा, रिभर्स सेन्सर जस्ता फिचर पाउन सकिन्छ ।

उत्कृष्ट ड्राइभिङ पोजिसन

भनिन्छ, स्कर्पियोमा बस्नभन्दा चलाउन अझै रमाइलो हुन्छ । स्कर्पियो ड्राइभ गर्दा हाइ ड्राइभिङ पोजिसनका साथै उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा ‘किङ अफ दी रोड’को फिल गराउँछ । यसमा चालकले अगाडि सबै हुड देख्ने छ । साथै, गाडीको ए पिल्लर पातलो भएकाले ‘ब्लाइन्ड स्पट’ एकदमै कम हुने गर्छ ।

 


Back_to_top