काठमाडौं । बतास एमएडब्लू कमर्शियल भेहिकल प्रालिले नयाँ सीईओको रुपमा दीपक कुमार अग्रवाललाई नियुक्त गरेसँगै बजारमा गतिविधि बढाएको छ । कम्पनीले असार २२ गते ‘भोल्भो आइसर कमर्शियल भेहिकल इन्डिया’सँगको सहकार्यमा फाइनान्सीयर्स भेला सफलता पूर्वक आयोजना गरेको हो ।
कम्पनीका अनुसार यो फाइनान्सीयर्स भेलाको मुख्य उद्देश्य बैंकर्स तथा व्यवसायीहरुलाई अहिलेसम्मको साथ र सहकार्यको लागि धन्यवाद दिने, बतास अर्गनाइजेशन र एमएडब्लू कमर्शियल बीच भएको साझेदारी जानकारी गराउने रहेको थियो । साथै, विगतमा जस्तै आउँदा दिनमा थप सहयोगको अपेक्षा कम्पनीले गरेकाले भेला आयोजना गरेको कम्पनीका सीईओ दीपक कुमार अग्रवालले बताए ।
उक्त भेलामा करिब १५० जनाको सहभागिता रहेको थियो । त्यसमा बैंकिङ तथा वित्तिय क्षेत्रका प्रतिनिधि, विभिन्न विधाका व्यवसायी, कमर्सियल भेहिकल्स क्षेत्रका अगुवा, यातायात संघका कार्यकारी र विज्ञहरूको सहभागिता थियो । साथै, उक्त कार्यक्रममा भोल्भो आइसर कमर्शियल भेहिकल इन्डियाका प्रमुख एस एस गिल लगायतका टीमको सहभागिता थियो ।
कार्यक्रममा सहभागिलाई सम्बोधन गर्दै बतास एमएडब्लू कमर्शियलका अध्यक्ष विष्णु अग्रवालले भने, ‘नवीनता, दिगोपन, र ग्राहक केन्द्रित सेवालाई थप मजबुद बनाउन आफुहरुले नयाँ कम्पनी निर्माण गरेका हौं ।’
आइसर यात्राको सफलता र निरन्तरताको लागि विशेष भूमिका बैंकर्स र ग्राहकको रहेको भन्दै कम्पनीका सहअध्यक्ष आनन्दराज बतासले भने, ‘विगतको जस्तै सहयोग फेरि पनि निरन्तर पाउने कुरामा हामी विश्वस्त छौं । तपाईहरुको साथ र सहयोगले आइसर यहाँ आइपुगेको हो ।’
कार्यक्रममा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक लगायतका ९ बैंकहरुलाई सम्मान पनि गरिएको थियो ।
टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तार गरेर सन्तुष्ट ग्राहक बढाउने उद्देश्यले काम गरिरहेको कम्पनीका प्रबन्धक संचालक शान्तराज बतासले जानकारी दिए ।
समृद्धिको लागी साझेदारीको मूल्य मान्यता बोकेको आइसर ब्राण्डलाई बतास अर्गनाइजेसन र एमएडब्लू कमर्शियल बीच भएको साझेदारीले सकारात्मक प्रभाव पर्ने कम्पनीको भनाई छ ।

