होन्डाको नयाँ मोटरसाइकल ‘एसपी-१६०’

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा नयाँ मोटरसाइकल ‘एसपी-१६०’ सार्बजनिक गर्ने भएको छ । कम्पनीले ल्याउने नयाँ एसपी-१६० यूनिकर्नको प्लेटफर्ममा आउन लागेको हो ।

कम्पनीले यूनिकर्नमा प्रयोग भएको इन्जिन र चेसिस नै नयाँ एसपी-१६० मा प्रयोग गर्ने सार्वजनिक भएको रिपोर्टहरुमा दावी गरिएको छ । होन्डाले डिओ १२५ सार्वजनिक गर्ने समयमा नै १६० सीसी सेग्मेन्टमा नयाँ मोडल ल्याउने तयारी भइरहेको जनाएको थियो ।

अझैपनि कम्पनीले एसपी-१६० को आधिकारिक घोषणा भने गरेको छैन । तर, नयाँ मोटरसाइकल आगामी महिना बजारमा आउने मिडियाहरुले दावी गरेका छन् ।

होन्डा एसपी-१६० नयाँ प्रदुषण मापदन्ड अनुसारको बीएस ६ फेज टूमा आधारित छ । यो मोटरसाइकलमा यूनिकर्नमा प्रयोग भएको १६२.७ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन हुनेछ ।

उक्त इन्जिनले ७५०० आरपीएममा अधिकतम १२.९ ब्रेकहर्स पावर र ५५०० आरपीएममा १४ एनएमको टर्क जेनेरट गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top