काठमाडौं । होन्डाले नेपालमा डबल स्पोर्टस डिजाइनमा दुई मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले १५० सीसी र १९० सीसी सेग्मेन्टमा डबल स्पोर्टस् डिजाइनका मोटरसाइकल बिक्री गर्दै आएको हो ।
अनरोड तथा अफरोड दुबैमा उत्तिकै राम्रो पफर्मेन्स गर्न सक्ने होन्डा एक्सआर १५० एल र एक्सआर १९० एल डिजाइन र स्मुदनेसका कारण धेरै रुचाइएको इन्ट्री लेभल डुबल स्पोर्टस् मोटरसाइकल हुन् ।
यी मोटरसाइकल दैनिक प्रयोगका साथै एड्भेन्चर तथा डर्ट राइडका लागिसमेत उपयुक्त मानिन्छन् । यसमा प्रयोग भएको सस्पेन्सन, अप स्वपट एक्जष्ट, डबल पर्पस टायर, क्रसओभर ह्यान्डलबार जस्ता फिचरले अफरोडमा चलाउन आरामदायी बनाएको छ ।
स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्ने होन्डा एक्सआर १५० को मूल्य ६ लाख ४९ हजार र एक्सआर १९० एलको मूल्य ७ लाख लाख ३९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
होन्डा एक्सआर १५० एलमा १४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिइएको छ । त्यस्तै १९० एलमा १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिण्डर, एसओएचसी इन्जिन दिइएको छ ।
एक्सआर १५० एलमा दिइएको इन्जिनले ७७५० आरपीएममा १२.१४ बीएच पावर र ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ । साथै, १९० एलमा रहेको इन्जिनले ८५०० आरपीएममा १५.६ बीएच पावर र ६००० आरपीएममा १५.७ एनएम टर्क प्रदान गर्छ । दुबै बाइकमा ५ स्पीड गियरबक्स रहेको छ ।

दुबै बाइकमा समान २४५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको रहेको छ । दुबै मोटरसाइकलमा १२ लिटरको फ्यूल ट्याङ्की पाउन सकिन्छ ।
कम्पनीले एक्सआर १९० एलको अगाडि चक्कामा २४० एमएमको पिष्टन क्यालिपर हाइड्रोलिक डिस्क र पछाडि चक्कामा ११० एमएम ल्यान्डिङ ड्रम ब्रेक दिएको छ ।
एक्सआर १५० एलको अगाडि चक्कामा २४० एमएमको डियुल पिष्टन क्यालिपर डिस्क र पछाडि मेकानिकल ड्रम ब्रेक दिइएको छ ।

अफरोडमा आरामदायी यात्राको लागि कम्पनीले एक्सआर १९० एलको अगाडि २४० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५१ एमएमको एक्स्ले ट्राभल मोनोसक सस्पेन्सन दिएको छ ।
एक्सआर १५० एलको अगाडि १८० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५० एमएमको स्वीङ आर्म मोनोसक सस्पेन्सन दिएको छ ।


