जापानीज कम्पनी टोयोटाले भारतीय बजारमा एमपीभी अल्फार्ड सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले दिल्लीमा आयोजित अटो एक्स्पोमा शोकेस गरेको प्रिमियम एमपीभीले निकै चर्चा कमाएको थियो ।
प्रिमियम एमपीभी विश्वभर अधिक रुचाइने गरिन्छ । तर कम्पनीले अहिलेसम्म नेपाली र भारतीय बजारमा आफ्नो चर्चित एमपीभीलाई सार्वजनिक गरेको छैन । अब भने कम्पनीले भारतीय बजारमा अल्फार्ड लाई सार्वजनिक गर्ने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, नेपाल आउने नआउने विषयमा केही खुलाइएको छैन ।
मिनी भ्यानको स्टाइल
अल्फार्ड को डिजाइन मिनी भ्यानबाट प्रेरित छ । यसमा प्रोजेक्टर हेडल्याम्पसकासाथै डीआरएलएस दिइएको छ । फग ल्याम्प्सलाई आकर्षकढङ्गबाट सजाइएको छ । साथै, फ्रन्टमा ग्रिल दिइएको छ, जसमा क्रोमको प्रयोग गरिएको छ । कारमा साइड मिरर लगाइएको छ, पछाडि डार स्लाइडिङ्गकासाथै एलईडी टेल लाइट लगाइएको छ ।
प्रिमियम इन्टेरियर

टोयोटाले एमपीभीको इन्टेरियरमा प्रिमियम डिजाइन थीमको आधारमा सजाएको छ । यसमा हाइक्लास प्रविधिको प्रयोग गरिएको छ । अल्फार्ड को ड्यासबोर्डमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, कारमा अटोमेटिक डोर स्लाइडिङ्ग, ३.७ इञ्च एलईडी टचस्क्रिन ब्लू–टुथ तथा यूएसबी इन्पूट उपलब्ध छ । सङ्गीतको मजा लिनका लागि १२ जेबीएल स्पीर्क अडियो सिस्टम लगाइएको छ । यसमा थ्री–जोन क्लाइमेट कन्ट्रोल सिस्टम, स्मार्टफोन वायरलेस चार्जिङ्गको सुविधा दिइएको छ ।
इन्जिन
अल्फार्ड पेट्रोल र हाइब्रिड इन्जिन अप्सनमा बजारमा आएको छ । यसमा टोयोटा क्याम्रीमा प्रयोग भएको २.५ लिटर पेट्रोल हाइब्रिड इन्जिन दिइएको छ । यसमा उपलब्ध २–जीआर एफके ३.५ लिटर पेट्रोल इन्जिनले ३०१ पीएस पावरकासाथै ३६१ एनएम–टर्क उत्पादन गर्छ । त्यस्तै, कारमा ८–स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।
सेफ्टी फिचर्स

टोयोटाले गाडीको सुरक्षा विशेषतालाई विशेष प्राथमिकतामा राख्ने गरेको पाइन्छ । यसमा एयरब्याग, एबीएस, ब्रेक–असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल सिस्टमजस्ता रेगुलर फिर्चच दिइएको छ । साथै, यसको सेकेन्ड जेनेरेशन मोडलमा टोयोटा सेफ्टीसेन्सजस्ता फिचर्स दिइएको छ । यसमा न्यू प्रि–कोलिजन सिस्टम, लेन–ट्रेकिङ्ग असिस्ट, लेन–डिपार्चर असिस्ट र एड्भान्स कार–स्टार नोटिफिकेशनजस्ता अप्सन उपलब्ध छन् ।


