काठमाडौं । थानकोट सडक एक हप्ताको लागि राति बन्द गरीएको छ । काठमाडौं आउजाउ गर्ने प्रमुख नाका थानकोट–पीपलामोड सडक खण्डमा सोमबारदेखि सात दिनका लागि राति यातायात सेवा बन्द गरिएको हो ।
सो खण्डमा सडक मर्मतसम्भार (अस्फाल्ट ओभरले) को काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो । आगामि असोज २२ गते सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यो खण्डको मर्मतसम्भारको काम कृष कन्स्ट्रक्सनले गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । दशैं अगाडी नै यो सडक मर्मत गरी सवारी आगामनमा सहज वनाइने भएको छ ।


