जीपको सस्तो कम्प्याक एसयूभी आउँदै, यस्तो रहने छ मूल्य

फियाट क्राइस्लर कम्पनीले भारतीय बजारलाई मध्यनजरगर्दै जीपको सब–कम्प्याक एसयूभी निर्माणलाई तिब्रता दिइरहेको छ । कम्पनीले भारतीय बजारमा सब कम्प्याक एसयूभीको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सस्तो एसयूभी निर्माणमा जुटेको जनाएको छ । 

कम्पनीले ‘५१५ कोड नेम’को प्रयोग गरेर गाडी उत्पादन गरिरहेको छ । कम्पनीले भारत, दक्षिण अफ्रिका, नेपाललगायतका देशलाई मध्येनजर गर्दै यो एसयूभी ल्याउन लागेको हो । 

सन् २०२० को सुरुवातमा बजारमा ल्याउने लक्ष्यकासाथ उत्पादन सुरु गरिएको यो ५१५लाई फियाटको पान्डा प्ल्याटर्फममा उत्पादन  गर्न लागिएको हो । यसको उत्पादन भारतमा रहेको प्लान्टबाट हुने छ । जहाँ जीप कम्पासको समेत उत्पादन भइरहेको छ । 

यो नयाँ सब कम्प्याक एसयूभीमा १.४ लिटर टी जेट पेट्रोल इन्जिन र १.५ लिटर एमजेडी डिजल इन्जिन दिइने छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक ट्रान्समिसन दिइने छ ।

यसको बजार मूल्य ८ लाखदेखि १२ लाख भारतीय रुपैयाँसम्म रहने अनुमान गरिएको छ । यदि यो कार अहिलेको कर प्रणाली अनुसार नेपाल आउने हो भने ४० लाख देखि ६० लाख रुपैयाँ हारहारीको मूल्यमा पाइने छ ।    


Back_to_top