टाटा सुमो बिगत लामो समयदेखि बजारमा रहेको एमयूभी (मल्टी युटिलीटी भेइकल) हो । यसको प्रयोग नेपाली बजारमा सानो र पहाडी बाटोमा समेत भाडाको सवारीको रुपमा प्रयोग हुँदै आएको छ । अब कम्पनीले टाटा सुमोलाई परिमार्जन गर्ने वा नगर्ने भन्ने कुनै कुरा सार्वजनिक गरेको छैन । तर, केहि रेन्डर इमेजहरु भने तयार भएको छ ।
उक्त रेन्डर डिजाइन अनुसार टाटाले यसलाई आफ्नो इप्याक्ट २.० डिजाइनमा निर्माण गर्ने हो भने यसलाई निकै मस्कुलर बनाउन सक्ने देखिएको छ । सुमोको ओरिजिनल डिजाइन रोर्वस्ट हो, तर रेन्डरिङ डिजाइनमा सुमोलाई बक्सी डिजाइनको स्वरुप दिइएको छ ।
अहिले कम्पनीले टाटा सुमो गोल्डको मात्रै बिक्री वितरण गर्दै आएको छ । अब आउने नयाँ सुमोमा अगाडी र पछाडिको बम्पर स्कीड प्लेटको साथ आउने छ । साथै यसको साइड बडी कडा प्लाष्टिकको सुरक्षणमा हुनेछ ।
रेन्डरिङ इमेज अनुसारको डिजाइनमा सुमो आउने हो भने यसमा स्लिक हेडल्याम्प, इन्फिनिटी ग्रिलको साथ आउनेछ जसले यो एमपीभी निकै फेन्सी देखिने छ । कम्पनीको पाइपलाइनमा थुप्रै अन्य मोडल रहेकाले कम्तीमा २०२० सम्म यो नयाँ सुमो बजारमा भने आउने छैन ।


