दशैंमा घरजाँदा हाइवेमा हुन्डाईका गाडी निःशुल्क चेक गर्ने अवसर

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ‘हुन्डाई हाइवे एस्योरेन्स’ कार्यक्रम सुरु गरेको छ । 

यो कार्यक्रम असोज २९ देखि ३१  गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । 

यो योजनामा हुन्डाईका गाडीधनीले राजमार्गका विभिन्न स्थानहरुमा निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ । 

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेकअपमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको चेकअपको साथै आवश्यक ल्युव र कोलेन्टको मात्राकम भएमा निस्शुल्क थप गरिदिने व्यवस्था रहेको कम्पनीले जारीगरेको विज्ञप्तीमा उल्लेख छ । 

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५किमी उत्तरतर्फ), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)मा चेकअप क्याम्प आयोजना हुनेछ । 


Back_to_top