‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ स्कीममा गाडी किन्दा ५ लाखसम्म नगद छुट

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो स्कीम भाद्र ३० गतेदेखि सुरु भएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले मोडल अनुसार ५ लाखसम्मको आकर्षक नगद छुट र अर्को स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजारसम्म नगद छुट पनि पाउन सक्नेछन् । साथै, कम्पनीले यस योजनामा गाडी खरिद गर्दा ग्राहकलाई १ वर्षको निःशुल्क बीमा पनि उपलब्ध गराउने छ ।

सबै हुन्डाईका गाडीमा ३ वर्षको वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै पहिलो वर्षको वार्षिक कर पनि उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर रहेका आफ्नो १७ शोरुम र १९सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दै आएको छ ।

ग्राहकको आवश्यकता र रुचीलाई ध्यानमा राखी हरेक वर्ष ग्राहकमैत्री योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको थियो ।


Back_to_top