काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले नाडा ईभी एक्स्पो अफर ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पो तथा चाडपर्व लक्षित अफर सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको अफरमा लुयानका इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा नगद छुट तथा एशोसरिजहरु उपहार स्वरुप उपलब्ध गराउने जनाएको छ ।
कम्पनीको एमएनके ३ को बुकिङ गर्दा नगद १० हजार रुपैयाँ तथा एस ३० को बुकिङ गर्दा १५ हजार नगद छुट दिने जनाएको छ । यी दुबै स्कुटरको बुकिङमा ग्राहकले हाफ हेलमेट, स्मार्ट प्लग र बाइक कभर निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
लुयान एमएनके ३ मा ३५ हजार रुपैयाँ र एस ३० को बुकिङ गर्दा २५ हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सकिने साथै यी स्कुटर दशैं तिहारको समयमा डेलिभरी हुने कम्पनीले जनाएको छ ।
लुयान एस ३० स्कुटरमा १.५ किलोवाट क्षमताको लिक्वीड कुल्ड हव मोटर दिइएको छ । जुन मोटर सेग्मेन्टमा नै पहिलो भएको कम्पनीले दावी गरेको छ । यसमा ७२ भोल्ट ३२ एम्पियरको लिथियम आयोन ब्याट्री प्याक पाउन सकिन्छ ।
स्कुटरलाई एक पटक चार्जगर्दा १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । कम्पनीका अनुसार यो स्कुटरलाई ६० को स्पीडमा चलाउने हो भने ८० किलोमिटर र ४५ को स्पीडमा चलाउने हो भने १०० किलोमिटरसम्म रेन्ज आउने छ ।
लुयान एस ३० को दुबैतर्फ लिंकेज डिस्क ब्रेक भएका कारण थप सुरक्षित हुने कम्पनीले जानकारी दिएको छ । साथै, यो स्कुटरमा एलइडी डे टाइम रनिङ लाइट, रेडीयल एन्टी पंचर टायर, एन्टी थेफ्ट अर्लाम, रिमोट कन्ट्रोल, कि–लेस स्टार्ट र ७ इन्चको डिजिटल क्लस्टर जस्ता फिचर रहेका छन् ।
यसको डिजिटल कन्सोलमा स्पीड र चार्जको सहि डिस्प्लेका लागि एसओसी मोडुल जडान गरिएको छ । जसले स्कुटरको चार्ज र स्पीडलाई कन्सोलमा सहि प्रर्दशन गर्छ ।
लुयान एस ३० मा भएको अटो ह्वील लक, चाइल्ड सेफ्टी लक, यूएसबी पोर्ट जस्ता फिचरले स्कुटरलाई अझै सुरक्षित बनाएको कम्पनीको भनाई छ ।
यो स्कुटरको मूल्य २ लाख ५४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै कम्पनीले विक्री गर्ने अर्को इलेक्ट्रीक स्कुटर एमएनके ३ को मूल्य १ लाख ७३ हजार ७०० रुपैयाँ रहेको छ ।


