डीएफएसकेको दशैं स्कीमः ६ लाखसम्म नगद छुट, १० लाख डाउन पेमेन्ट

काठमाडौं । डीएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ । कम्पनीले अहिले बजारमा देखिएको तरलता समस्याको बाबजुद ग्राहकलाई राम्रो फाइनान्स स्कीम दिएको छ ।

डीएफएसकेले नेपाली बजारमा दुई मोडलका एसयूभी विक्री गर्दै आएको छ । कम्पनीले यी दुबै मोडलमा ‘दशैं बबाल सेभिङ अफर’ संचालनमा ल्याएको हो । यो स्कीममा डीएफएसकेको ग्लोरी आई अटो र ग्लोरी ५६० किन्ने ग्राहकलाई १० लाख डाउन पेमेन्टमा गाडी उपलब्ध गराउने छ ।

ग्लोरी आई अटो एआई टेक्नोलोजी प्रयोग भएको सानदार एसयूभी हो । कुजु नेपालले यसको मूल्य ९३ लाख रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । कम्पनीले यसलाई किन्न चाहने ग्राहकलाई सिधै ६ लाख नगद छुट दिने स्कीम ल्याएको हो ।

त्यसैगरी ग्लोरी ५६०सिभीटी गियरबक्स भएको ७ सिट क्षमताको एसयूभीको मूल्य ६८ लाख ५० हजार र म्यानुयल ५ सिट क्षमता भएको भेरियन्टको मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकेर विक्री गरिरहेको छ । कम्पनीले यसमा ४ लाख सिधै नगद छुट दिएको छ ।

यस्तो छ ग्लोरी आई अटो

इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्ड दिइएको छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । यसको प्रयोगले मूख्यत फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोन्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ ।

नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको यस एसयूभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई-अटोलाई स्पोर्टी बनाएको छ ।

यस एसयूभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ । जसले गर्दा दुबै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर आई-अटोमा उपलब्ध छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ ।

ग्लोरी आई-स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ ।

यस्तो छ ग्लोरी ५६०

डीएफएसके ग्लोरी ५६० पनि धेरै आधुनिक फिचरहरुले भरिपूर्ण एसयूभी हो । ग्लोरी ५६० एसयूभी ५ सिट क्षमता भएको म्यानुअल र ७ सिटर क्षमता भएको सीभीटी गियरबक्समा उपलब्ध छ । १.५ लिटरको टर्बो चार्ज्ड इन्जिन दिइएको ग्लोरी ५६० ले १५० पीएस पावर तथा २३० एनएमको टर्क प्रदान गर्नेछ ।

इन्डोनेसियामा उत्पादन भएका डीएफएसकेको उत्पादन ग्लोरी ५६० फिचर लोडेड एसयूभी हो । ग्लोरी ५६० ग्लोबल एनक्यापबाट क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरब्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

यसमा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट-स्टप बटम, किलेस इन्ट्री जस्ता विशेषता यसमा पाउन सकिने छ ।


Back_to_top