क्रसफायर र इटालिकाकाे विन्टर सर्भिस क्याम्प

काठमाडौं । क्रसफायर र इटालिका मोटोले विशेष छुटका साथ विन्टर सर्भिस क्याम्प अफर ल्याएको छ ।

नेपालमा क्रसफायर र इटालिकाको आधिकारीक बिक्रेता क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले मसिंर २०, २१ र २२ गरी तीन दिनको लागि अफर ल्याएको हो ।

कम्पनीले ल्याएको विन्टर सर्भिस क्याम्प अन्तर्गत क्रसफायरको शोरुममा मोटरसाइकल सर्भिस गराउन आउने ग्राहकले इन्जिन आयलमा १० प्रतिशत छुट पाउने छन् भने स्पेयर पार्टस्मा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

क्रसफायर र इटालिकाको ग्राहकले यो अफर पाउन काठमाडौंको महाराजगन्जमा रहेको क्रसफायरको शोरुममा सम्पर्क गर्नुपर्नेछ ।

ग्राहकको सहजता, सन्तुष्टि र प्रतिवद्धतालाई मध्यनजर गर्दै कम्पनीले विन्टर सर्भिस अफर ल्याएको जनाएको छ ।


Back_to_top