केटीएम डुक ७९० भारतमा लन्च गर्ने तयारी, यस्तो हुनेछ बिशेषता

केटीएमले भारतीय बजारमा डुक ७९० सार्वजनिक गर्ने तयारी गरेको छ ।

केहि समयदेखि यो बाइक भारतमा लन्च हुने चर्चा चलिरहेको थियो ।

केटीएमले डुक ७९० नेकेड स्ट्रिट फाइटर मोडलमा ल्याउने भएको हो ।

२०१८ मा भने यो सार्वजनिक नहुने भएको छ तर, केहि डिलरहरुले यसको बुकिङ भने लिन सुरु गरेको बताइएको छ ।

डुक ७९० बुकिङ गर्न चहानेले ३० हजार भारतीय रुपैयाँ तिरेर बुक गर्न सक्नेछन् ।

हालसम्म यो बाइक पूर्णरुपमा निर्माण भने भई नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले २०१६ मा यसको कन्सेप्ट डिजाइन सार्वजनिक गरेको थियो ।

७९९ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिनले ९ हजार आरपीएममा १०५ पीएस पावर तथा ८ हजार आरपीएममा ८६ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीडको गियर बक्स दिएको यो बाइकमा कर्नरिङ एबिएस, वाएर थ्रोटल तथा मल्टिपल राइडिङ मोड जस्ता फिचर दिएको छ ।

बजाजको पुने प्लान्टमा निर्माण हुने यो बाइकले सुजुकी एस ७५० तथा डुकाटी ७९७ सँग प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top