दर्जन बढी फिचर थपिएको महिन्द्रा एक्सयूभी ४०० प्रो लन्च

काठमाडौं । महिन्द्राले एक्सयूभी ४००को नयाँ प्रो भेरियन्स लन्च गरेको छ । सन् २०२२ को सेप्टेम्बरमा पहिलो पटक लन्च भएको इलेक्ट्रीक एक्सयूभी ४०० मा थुप्रै इन्टेरियर फिचरहरू अपडेट गरेर महिन्द्राले प्रो भेरियन्ट लन्च गरेको हो ।

महिन्द्रा नयाँ प्रो भेरियन्टमा अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइटको फिचर थप गरेको छ । यसको क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको डिजिटल टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचरहरू थपिएको छ ।

महिन्द्राले ईसी प्रो र ईएल प्रो गरी दुई भेरियन्टमा लन्च गरेको प्रो एडिसनमा ३४.५ र ३९.४ किलोवाट आवरको फरक फरक ब्याट्री अप्सन रहेको छ । एक्सयूभी ईसी प्रो भेरियन्टमा दिएको ३४.५ किलोवाट ब्याट्रीले ३७५ किलोमिटर तथा ईएल प्रोमा दिएको ३९.४ किलोवाट आवरको ब्याट्रीले ४५६ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा दिएको १०० किलोवाटको इलेक्ट्रीक मोटरले १५० हर्सपावर तथा ३१० न्यूटन मिटरको टर्क दिन्छ ।

एक्सयूभी ४०० मा फन (इको), फास्ट (नर्मल) र फेयरलेस (स्पोर्टस) गरी तीनवटा ड्राइभिङ मोड रहेको छ । भारतीय बजारमा १५.४९ लाखदेखि १७.४९ लाख भारुसम्म मूल्य तोकी लन्च भएको यो ईभी फेब्रुअरी १ देखि डेलिभरी सुरू हुनेछ ।

नेपाली बजारमा पनि महिन्द्राको एक्सयूभी ४०० ईभी यसै वर्षको पहिलो क्वाटर सम्म लन्च हुने अनुमान गरिएको छ । ४.२ मिटर लम्बाइ तथा २०० एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो ईभीले नेपाली बजारमा टाटा नेक्सन ईभी, एमजीको जेडएस ईभी, सेरेस ३ सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top