हिरोले जनवरी २३ ल्याउँदै रोयल इनफिल्ड ३५० को प्रतिस्पर्धी मोटरसाइकल

काठमाडौं । हिरोले ११ दिनपछि नयाँ मोटरसाइकल मार्भिक सार्वजनिक गर्ने भएको छ । कम्पनीले रोयल इनफिल्ड ३५० सँग प्रतिस्पर्धा गर्न मार्भिक ४४०ल्याउने भएको हो ।

कम्पनीले आधिकारिक रूपमा मार्भिक जनवरी २३ मा ग्लोबल मार्केटमा सार्वजनिक गर्ने जानकारी गराएको छ।

केही दिनअघि मात्र मार्भिक ४४० को परीक्षण भइरहेको तस्वीरहरू बाहिर आएको थियो । हिरो मोटोकर्पले २०२३ जुलाईमा हार्लेसँगको सहकार्यमा एक्स ४४० सार्वजनिक गरेको थियो । त्यसमै आधारित भएर मार्भिक ४४० मोडल हिरोले ल्याउन लागेको हो ।

परीक्षणको क्रममा देखिएको मार्भिक ४४० मा टेलिस्कोपिक सस्पेन्सन देखिएको छ । कम्पनीले मार्भिक ४४० लाई रोयल इनफिल्डसँग प्रतिस्पर्धा गर्नेगरी ल्याउन लागेको हो ।

हार्ले एक्समा जस्तै हिरो मार्भिक ४४० मा रेट्रो डिजाइन, टर्न इन्डिकेटर तथा हेडल्याम्प प्रयोग भएको देखिन्छ ।

हिरोले ल्याउने प्रिमियम मोटरसाइकलमा दिइएको इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलईडी इन्डिकेटर जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top