१६० किमी प्रतिघन्टाको रफ्तारमा कुद्ने मारुती स्वीफ्ट स्पोर्ट आउँदै

मारुती सुजुकी इन्डियाले ह्याचब्याक मोडल स्वीफ्टको पफर्मेन्स भर्सन स्वीफ्ट–आरएस भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो कारलाई दिल्ली अटो एक्स्पो २०१८ मा स्वीफ्ट स्पोर्टको नामले प्रदर्शन गरिएको थियो ।

हाल स्वीफ्ट स्पोर्ट ग्लोबल मार्केटमा बिक्री भैरहेको छ, भारतमा भने २०१९ को मध्यसम्ममा सार्वजनिक गर्ने तयारी गरिएको छ । यो मोडल भारतमा करिब ७ देखि ८ लाख भारतीय रुपैयाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ । यसले, टाटा मोटर्सले हालैमात्रै सार्वजनिक गरेको पफर्मेन्स कार टाटा टियागोसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यो कारमा रेगुलर मोडलको तुलनामा थुप्रै नयाँ विशेषता समेटिएका छन् । यसमा नयाँ फ्रन्ट–बम्पर, साइड–स्कर्टस्, रुफ–माउन्टेड स्पोइलर र नयाँ बलि–ग्राफिक्सलगायतका विशेषता दिइएको छ । 

यसको टप–स्पीड क्षमता १६० किलोमिटर प्रतिघन्टा रहेको छ भने, ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्नमात्रै १२ सेकेन्डको समय लगाउँछ ।

कारमा १६ इञ्चको अलाय ह्वील लगाइएको छ भने चारैवटै टायरमा डिस्क–ब्रेक र सस्पेन्सन पफर्मेन्स कारको जस्तै ट्यून गरिएको छ । इन्टेरियरलाई स्पोर्टी बनाउनका लागि आर–ब्रान्डिङ्ग दिइएको छ भने यसको केबिन अलब्याक–थिममा सजाइएको छ । सेन्टर कन्सोल, इन्ट्रुमेन्ट क्लस्टर, फ्रन्ट–डोर र स्टेयरिङ्ग ह्वील बर्निङ्ग रेड–कलरबाट आकर्षक बनाइएको छ । 

स्वीफ्ट आरएसमा १.० लिटर बुस्टर–जेट टर्बाेचाज्र्ड इन्जिन दिइएको छ । ९९८ सीसीको थ्री–सिलिन्डर इन्जिनले ५ हजार ५ सय ५० आरपीएममा १०१ बीएचपी पावरकासाथै ४५ सय आरपीएममा १५० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । 

यसको टप–स्पीड क्षमता १६० किलोमिटर प्रतिघन्टा रहेको छ भने, ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्नमात्रै १२ सेकेन्डको समय लगाउँछ । 


Back_to_top