आयो नयाँ क्रेटा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । हुन्डाईको सर्वाधिक सफल मोडल क्रेटाको फेसलिफ्ट भारतमा बिक्री सुरु भएको छ । कम्पनीले ३ वर्षपछि अपग्रेड गरेर क्रेटा बजारमा ल्याएको हो ।

कम्पनीले पेट्रोल, डिजेल र टर्बो गरी तीन इन्जिन अप्सनमा क्रेटालाई बजारमा उतारेको हो । भेरियन्ट अनुसार भारतमा ११ लाखदेखि २० लाखसम्म मूल्य तोकेर यसको बिक्री सुरु भएको छ ।

भेरियन्ट अनुसार भारतमा मूल्य

अगाडिको फ्रन्ट फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन सहित आएको नयाँ क्रेटामा एल आकारको एलइडी डे टाइम रनिङ लाइट दिइएको छ । नयाँ हेडल्याम्प र विल्कुलै पृथक रियर लाइटले यसको प्रेजेन्सलाई अब्बल देखाएको छ ।

यसअघि कै क्रेटा जस्तै लाग्ने साइड प्रोफाइल भएपनि नयाँ डायमण्ड-कट एलोय ह्वीलले यसको लुक्समा ब्यापक परिवर्तन ल्याएको छ ।

नयाँ क्रेटाको सबैभन्दा बलियो पक्ष क्याविन र सुरक्षा फिचर हो । कम्पनीको दावी अनुसार भारतीय एनक्यापका अब्बल रिजल्ट ल्याउने गरी तयार गरिएको क्रेटामा एडास फिचर दिइएको छ ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् ।

यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।

नयाँ क्रेटामा डुअल जोन अटोमेटीक क्लाइमेट कन्ट्रोल, ८-वे पावर एड्जस्टेवल ड्राइभर सिट, लेदर अपहोल्स्ट्रीक, भेन्टिलेटेड फ्रन्ट सिट दिइएको छ । हुन्डाईको ब्लूलिङ्क कनेक्टीभीटी दिइएको कारमा पानोरामिक सनरुफ रहेको छ ।

स्टायडर्ड भेरियन्टबाटै ६ वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक जस्ता फिचर उपलब्ध क्रेटामा हिल–स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छ ।

यसअघि कै १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध नयाँ क्रेटामा टर्बो इन्जिन पनि १.५ लिटर नै प्रयोग भएको छ । टर्बो इन्जिनले अधिकतम १५८ पीएस र २५३ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top