सुपर बाइक देखियो बजाज एनएस–२००, यस्ता छन् परिर्वतन

केरलाको एक बाइक मोडिफाइड कम्पनीले बजाज एनएस २०० लाई सुपर बाइकको लुक्समा मोडिफाइ गरेको छ । बाइकको सिटको तल दुईवटा साइलेन्सर राखिएको छ । 

यसमा प्रयोग गरिएको डबल एक्जस्टले बाइकको अगाडिको भागलाई मस्कुलर स्वरुप दिएको छ । साथै यसमा रहेको टेलल्याम्पले बजाजको टीपीकल स्वरुप जोगाई राखेको छ । 

पछाडिको टायर रेगुलरको तुलनामा निकै ठुलो लगाइएको छ तर, यसको अलोय ह्वील बेसभने पुरानै रेगुलर पल्सर एनएस २०० को रहेको छ ।  टायरमात्रै परिर्वतनगर्दा पनि बाइक झनै मस्कुलर देखाएको छ । 

एचटीआरजेड नामक एक्जस्ट एन्ड बाइक मोडिफाइड स्पेशलिस्ट कम्पनीले उक्त बाइक मोडिफाइड गरेको हो । निलो र कालो कलर भएको एनएस २०० बाइकलाई मोडिफाइ गरिएको हो । 

बजाज एनएस २०० भारतीय बजारमा एबिएस भर्सनमा पनि उपलब्ध रहेको छ । यसमा भएको  १९९.५ सीसी क्षमताको इन्जिनले २३.१७ बिएचपी पावर तथा १८.३ एनएम टर्क जेनेरेट गर्छ ।   


Back_to_top