यामाहाले ल्यायो सस्तो मूल्यमा डिजिटल स्कुटर फ्रिगो, यस्ता छन् विशेषता

यामाहाले स्कुटर सेग्मेन्टमा अर्को नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडल ‘फ्रिगो’ इन्डोनेसिया मोटरसाइकल शो–२०१८मा सार्वजनिक गरेको हो । 

यस स्कुटरमा २५ लिटर अन्डर सिट स्टोरेज क्षमता रहेको छ । जसमा फुल–फेस हेल्मेट, ह्यान्ड ब्याग, तथा अन्य यस्तै सामानहरु सहजै अट्नेछ । कम्पनीले यो स्कुटरलाई फ्रिगो स्ट्यान्डर्ड र प्रिमियम फ्रिगो–एस गरी दुई भेरिएन्टमा बजारमा ल्याएकाे छ । फ्रिगो एस भेरिएन्टमा फुल एलइडी हेडलाइट दिइएको छ भने, अन्य फिचरहरु दुबैमा समान छन् । स्कुटरमा हर्जाड ल्याम्प पनि दिइएको छ, जुन ल्याम्प इमर्जेन्सीको समयमा प्रयोग गरिनेछ । 

यस स्कुटरको ड्यासबोर्डमा फुल्ली डिजिटल ‘मल्टी इन्फरमेसन डिस्प्ले’ दिइएको छ । स्कुटरमा मोवाइललगायतका अन्य डिभाइस चार्ज गर्न इलेक्ट्रिक बोर्डसमेत दिइएको छ । स्मार्ट की सिस्टम, की लेस एसेस् फंकसन, एन्सर ब्याक सिस्टम जस्ता फिचरहरु दिइएको छ । एसकेएस सिस्टम प्रिमियम भर्सन (फ्रिगो एस) स्कुटरमा मात्र उपलब्ध रहेको छ ।  

चालकको सहजताका लागि यस स्कुटरमा ८९५ एमएम लामो सिट दिइएको छ भने फुटबोर्ड पनि फ्ल्याट रहेको छ । यस स्कुटरको फ्यूल ट्याङ्क क्षमता ४.२ लिटर रहेको छ । स्कुटरमा राम्रो माइलेजको लागि स्टप एन्ड स्टार्ट सिस्टम दिइएको छ । यस्तै अन्य फिचर हिरो मोटोकर्पको आइ३एस टेक्नोलोजीसमेत यसमा प्रयोग गरिएको छ । यो प्रविधिले यदि स्कुटर ५ सेकेन्ड रोकिएमा इन्जिन आफैं टर्न अफ हुनेछ । 

यसमा १२५ सीसी ब्ल्यू कोर एयर कुल्ड, सिंगल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, फ्यूल इन्जेक्टेड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ९.५ पीएस पावरका साथै ९.५ एनएम टर्क उत्पादन गर्छ । 

यो स्कुटरको फ्रन्टमा सिंगल डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ । साथै सुरक्षाका लागि फ्रिगोमा एन्टी लक ब्रेक सिस्टम (एबीएस) दिइएको छ । स्कुटरमा १२ इन्चको ह्वील दिईएको छ भने फ्रन्टमा ट्यूवलेस टायर र रियरमा ट्यूवलेस यूनिट दिइएको छ । 

स्ट्यान्डर्ड फ्रिगो स्कुटर मेट ब्ल्याक, मेटालिक रेड, मेटालिक व्ल्यू र मेटालिक ह्वाइट रङ्गहरुमा उपलब्ध छ । त्यस्तै प्रिमियम स्कुटर फ्रिगो एस भने दुईवटा रङ्गहरु मेट रेड र मेट ग्रेमा उपलब्ध छ । 

यसको मूल्य इन्डोनेसिया बजारमा करिब १ लाख ८० हजार नेपाली रुपैयाँ हाराहारीमा पर्ने छ । 


Back_to_top