यसकारण खास छ होन्डा ‘सिबी साइन’, बिक्यो ७० लाख युनिट

मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा  नयाँ उपलब्धी हासिल गरेको छ । कम्पनीले होन्डाको सिबी साइन मोटरसाइकल ७० लाख युनिट बिक्री आँकडा पार गर्न सफल भएको हो । 

१२५ सीसी सेग्मेन्नटमा रेकर्ड बिक्रीपछि कम्पनीका सेल्स एन्ड मार्केटिङ भाइसप्रेसिडेन्ट यादभिन्लर सिंह गुलरियाले होन्डाले प्राप्त गरेको उपलब्धीले निक्कै हौसला मिलेको प्रतिक्रिया दिए । 

‘१२५ सीसी सेग्मेन्टअन्र्तगत होन्डा सिबी साइन उत्कृष्ट नम्बरमा परेको छ । कम्बी ब्रेक सिस्टमसँगै यसमा समावेश भएको विशेषताले मोटरसाइकललाई स्टान्र्डड मोडल बनाएको उनले बताए ।

भारतीय बजारमा १२५ सीसी सेग्मेन्ट बाइकले समग्रमा ५१ प्रतिशत हिस्सा ओगटेको छ । होन्डा सिबी साइनमा १२४.७३ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ । जसले १०.३० बीएचपी पावरका र १०.३० एनएम टर्क उत्पादन गर्छ । 

यो मोटरसाइकल विभिन्न ६ कलर अप्शनमा उपलब्ध छ । मासिक ८० हजार यूनिटको हाराहारीमा बिक्री भइरहेको यो बाइक माइलेजको कारण पनि धेरैको रोजाइमा पर्ने गरेको छ । बाइकले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

नेपालमा पनि बलियो उपस्थिति

नेपाली बजारमा बिगत ८ वर्षदेखि रहेको बिक्री वितरण हुँदै आएको सिबी साइन निकै चर्चित मोटरसाइकल हो । कुनै समय नेपाली बजारमा महिनौसम्म प्रतिक्षा गरेपछि मात्रै साइन पाउने अबस्था थियो । 

कम्पनीले नेपाली बजारमा करिब एक लाख यूनिटभन्दा बढि साइन बिक्री गरेको छ । निकै स्टाइलिस यो बाइक नेपाली बजारमा खास बन्नुको मुख्य कारण यसको पर्फमेन्स र माइलेज हो । 


Back_to_top