काठमाडौं । मोरङ्ग अटो वर्कस अन्तर्गत संचालित बिभिन्न कम्पनीहरुमा नयाँ रोजगारीको लागि आवेदन माग गरिएको छ । कम्पनीले कर्पोरेट अफिस, यामाहा हु ह्वीलर, जीप, स्कोडा, फियाट, एमएडब्ल्यु इन्भेष्टमेन्ट र जेसिबीको लागि बिभिन्न पदमा आवेदन माग गरेको हो ।
कम्पनीले कर्पोरेट अफिसको लागि फाइनान्स र एकाउन्ट मेनेजर, प्रोकुरमेन्ट मेनेजर, बिजनेश डेभलपमेन्ट मेनेजर र एडमिन एजुकेटीभमा आवेदन मागेको छ ।
सबै पदमा गरेर करिब ४० जनाले नयाँ रोजगारीको अवसर पाउने कम्पनी स्रोतले जानकारी दियाे ।
त्यसैगरी यामाहा मोटरसाइकल डिभिजनको लागि एरिया सेल्स मेनेजर, बिटिएल कोर्डिनेटर, सेल्स अफिसर, एसिस्टेन्ट म्यानेजर स्पेयर पार्टस, ट्रेनी अफिसर सर्भिसलगायत पोष्टमा बिज्ञापन निकालेको छ ।
कम्पनीको चारपाङ्ग्रे सवारीसाधन जीप, स्कोडा र फियाटकोलागि सेल्स हेड, सेल्स अफिसर, मार्केटिङ एजुकेटिभ र सेल्स एजुकेटिभमा आवेदन माग गरेको छ ।
एमएडब्लु इन्भेष्टमेन्ट कम्पनीतर्फ क्रेडिट रिक्स र एडमिस्ट्रेसन म्यानेजर, कलेक्सन तथा रिकभरी म्यानेजर, एजुकेटिभ (एसिस्टेन्स लेवल) र इन्टरनल अडिट अफिसरमा बिज्ञापन खुलाएको छ ।
त्यसैगरी हेभी इक्युपमेन्ट अन्तर्गतको जेसिभीको लागि अप्रेशन हेड, एरिया सेल्स मेनेजर, एरिया सर्भिस म्यानेजर, सर्भिस इन्जिनियर र स्पेयर पार्टस एजुकेटिभ माग गरेको छ ।
इच्छुक ब्यक्तिले १० दिन भित्र कम्पनीको इमेल ठेगाना [email protected] मा आफुले चाहेको पोष्टको लागि आवेदन दिन सक्ने छन् ।


