नयाँ थार बिक्री सुरु हुने मिति घोषणा, नेपाल पनि आउने

काठमाडौं । महिन्द्राले विगत लामो समयदेखि सडक परिक्षण गरिरहेको आफ्नो लाइफ स्टाइल एसयूभी थारको फाइभ डोर भेरियन्ट आगामी अगस्ट १५ मा सार्वजनिक गर्ने भएको छ । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर कम्पनीले ५ ढोका भएको थार बिक्री सुरु गर्न लागेको हो ।

यसअघि तीन ढोका भएको थार बिक्री हुादै आएकोमा अब ५ ढोका भएका थार पनि ल्याउन लागेको हो । नयाँ थारले फोर्स गुर्खासँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राले सन् २०२६ मा इलेक्ट्रीक थारसमेत बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले नयाँ थारमा १९ इन्चको अलोय ह्वील दिएको छ । इन्टेरियर डिउल टोन थीमको साथ आउने नयँँ थारमा अपडेटेड सेन्टर कन्सोल रहने छ ।

नयाँ थारमा १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, एसयूभी ७०० मा जस्तै अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।

महिन्द्राको नयाँ थारमा २.२ लिटरको एमहक फोर सिलिण्डर डिजेल र २.० लिटर एमस्टालन फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । दुबै इन्जिनसँग ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटीक गिरबक्स रहनेछ ।

यसअघिको थार जीपसँगको प्याटेन्ट विवादको कारण भारत बाहिर बिक्री नगरेको महिन्द्राले नयाँ थार भने अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न मिल्नेगरी तयारी गरिरहेको छ । त्यसैले नयाँ थार नेपाल पनि आउने छ ।


Back_to_top