काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता यामाहाले इलेक्ट्रीकमा ट्रेल बाइक ल्याउने भएको छ । कम्पनीले केही दिनअघि मात्रै ‘टीवाइ–इ’ ट्रेल बाइकको पेटेन्ट दर्ता गरेको हो ।
कम्पनीले अफरोड क्षमतामा कुनै सम्झौता नगरी ल्याउन लागेको ट्रेल बाइक आवज सून्य, अतुलनिय टर्क, अत्यन्त कम मर्मत खर्च हुने बताइएको छ । कम्पनीले यसको कन्सेप्ट तयार पारेर अहिले परिक्षणसमेत गरिरहेको छ ।
नयाँ ट्रेल बाइकमा रहने ब्याट्री, फिचर र अन्य टेक्नीकल डिटेलको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
यामाहाले विद्युतीय सवारीसाधन निर्माणमा ठूलो लगानी गर्ने तयारी गरिरहेको छ । कम्पनीले इलेक्ट्रीक स्कुटर पनि चाँडै भारतमा समेत उत्पादन गर्ने जनाएको छ । यसका अलवा धेरै नयाँ प्रोडक्टहरु विद्युतीय ल्याउने छ । त्यसको अलावा यामाहाले हाइड्रोजन पावर इन्जिन विकासमा पनि काम गरिरहेको छ ।
कारको तुलनामा दुई पाङ्ग्रे सवारीसाधन इलेक्ट्रीकमा तिब्र काम हुन सकेको छैन । मोटरसाइकल उत्पादकहरु अहिले पनि स्कुटरमा नै धेरै केन्द्रित रहेका छन् ।

