सस्तो मूल्यमा आउँदै दुई इलेक्ट्रीक कार, तपाईको रोजाईमा कुन ?

काठमाडौं । विद्युतीय कारको माग बढ्दै जाँदा बजारमा छनोट पनि थपिने भएका छन् । दुई चिनियाँ ब्राण्डले चाँडै ह्याचव्याक कार नेपाली बजारमा बिक्री सुरु गर्न लागेका हुन् ।

चिनियाँ ब्राण्ड विलिङको विङ्गो ह्याचव्याक र नामी ब्राण्डको ह्याचव्याक लगभग एउटै समयमा नेपाल आउने भएका हुन् । यी दुबै ब्राण्डका विद्युतीय ह्याचव्याक हेर्दा निकै आकर्षक छन् ।

विलिङ विङ्गो पारामाउन्ट मोटर्सले नेपाल ल्याउने छ । कम्पनीले इन्डोनेशियाबाट आयात गर्ने विङ्गो चीनमा पनि निकै राम्रो संख्यामा बिक्री भइरहेको छ ।

डोङफेङ मोटर्सको नयाँ ब्राण्ड नामी अन्तर्गत बनेको ‘नामी-०१’ केही समय अगाडि मात्रै चीनमा बिक्री सुरु भएको मोडल हो । यसलाई एमएडब्लू वृद्धिले नेपाली बजारमा बिक्री वितरण गर्नेछ ।

विलिङ विङ्गो

निकै आकर्षक डिजाइनमा तयार भएको विलिङ विङ्गो मोडल तस्बिरमा निकै उन्नत देखिन्छ । पारामाउन्ट मोटर्सले भन्सार प्रयोजनको लागि प्रकाशन गरेको अधिकतम खुद्रा मूल्यमा ३२ लाख ९९ हजारमा यसको बिक्री सुरु हुने सम्भावना धेरैछ ।

विङ्गो रेन्ज र पावरमा पनि राम्रो कार हुन सक्ने देखिन्छ । यसमा ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । साथै, यसको ब्याट्री ३२ किलोवाट आवर क्षमताको छ । यसले २५० किलोमिटर अनरोड रेन्ज दिन सक्छ ।

बाहिरी बनोटसँगै यसको इन्टेरियर पनि उत्कृष्ट छ । यसमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

विङ्गो ईभीको साइज झण्डै सब फोर मिटर एसयूभीको बराबर छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।

नामी-०१

डोङफेङको ‘एस थ्री डेडिकेटेड ईभी प्लेटफर्म’मा नामी-०१ बनेको छ । स्पेश, सेफ्टी, इनर्जी इफिसीयन्सी र इन्टेलीजेन्स फिचरको मामलामा यो कार उत्कृष्ट हुने कम्पनीको दावी छ ।

यसको लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० एमएमको ह्वीलवेस छ । लेभल दुई एडास फिचर र कनेक्टेड टेलल्याम्पले सुरक्षा र आकर्षण दुबै बढाएको देखिन्छ ।

यसमा रि-ट्रेसेवल डोर ह्याण्डल, फ्लोटिङ रुफ, १६ इन्चको ह्वील एक्सटेरियरको आकर्षण हो । ड्यासबोर्डमा ठूलो साइजको फ्लोटिङ स्कृन, फ्लोटिङ २ स्पोक स्टेरिङ ह्वील, सानो साइजको एलसीडी इन्ट्रुमेन्ट प्यानल दिइएको छ ।

नामी यसमा ७० किलोवाटको मोटर र ३१.४५ र ४२.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिएको छ ।


Back_to_top