काठमाडौं । फियाट क्राइस्टलर र पीएसए ग्रुप मर्ज भएर बनेको स्टेलान्टीसले भारतलाई आफ्नो इलेक्ट्रीक भेहिकल एक्पोर्ट हव बनाउने योजना अनुसार एकै पटक ५०० यूनिट सिट्रोन ईसीथ्री निर्यात गरेको छ । कम्पनीले इन्डोनेशियामा ५०० यूनिट ईसीथ्री निर्यात गरेको हो ।
स्टेलान्टीसले यसअघि भारत बाहेक नेपाल र भुटानमा ईसीथ्री बिक्री गर्दै आएको थियो । कम्पनीको लक्ष्य भारतलाई एक्सपोर्ट हवको रुपमा विकास गर्ने रहेको छ ।
स्टेलान्टीसले भारतमा जीप र सिट्रोन ब्राण्डका गाडीहरु उत्पादन गरिरहेको छ । कम्पनीले अन्य साउथ एशियन देशहरुमा समेत ईभी चाँडै बिक्री सुरु गर्ने योजना बनाइरहेको जनाएको छ ।
कम्पनीले सीथ्री मोडललाई अफ्रिका र सीथ्री एयरक्रसलाई मलेशिया र इन्डोनेशियामा निर्यात गरिसकको छ ।
कस्तो छ त ईसीथ्री ?
क्रसओभर ह्याचव्याक डिजाइनमा बनेको ईसीथ्रीमा ४२.५ किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले अधिकतम ५७ हर्सपावर र १४३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
कम्पनीले यसमा २९.२ किलोवाट आवरको हाइ इनर्जी डेन्सीटी भएको लिथियम आयोन ब्याट्री प्याक दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने कम्पनीले बताउँदै आएको छ । तर, नेपाली सडकमा यसले २५० किलोमिटर हाराहारी रेन्ज दिन्छ ।
फास्ट चार्जर सपोर्ट गर्ने ईसीथ्रीलाई १० बाट ९० प्रतिशतसम्म चार्ज गर्न जम्मा ५७ मिनेट लाग्छ । यसको अधिकतम गति १०७ किलोमिटर प्रतिघण्टा छ ।
सीथ्री इलेक्ट्रीकको लम्बाई ३९८० एमएम, चौडाई १७३३ एमएम, उचाई १६०४ एमएम छ । यसमा २५४० एमएम लामो ह्वीलवेस दिइएको छ । १५ इन्चको ह्वील रहेको ईसीथ्रीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
नेपालमा साँग्रिला मोटर्सले आधिकारीक बिक्रेताको रुपमा आयात गर्दै आएको ईसीथ्रीको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । अहिले कम्पनीले नयाँ वर्षको स्कीम पनि उपलब्ध गराउँदै आएको छ ।


