नेटाले पायो ५ बिलियन नयाँ लगानी, आक्रमक रणनीति बनाउँदै

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी होजानले नयाँ लगानी पाएको छ । आर्थिक संकटबाट गुज्रिरहेको होजोन मोटरले ५ बिलियन युवान लगानी भित्र्याएको हो ।

नेटा अटोको प्यारेन्ट कम्पनी होजोन न्यू इनर्जी अटोमोवाइलले ३ वटा क्यापीटल इन्भेष्टमेन्ट कम्पनीसँग ५ बिलियन युवान लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।

होजोनमा सरकारी लगानीको क्यापीटल इन्भेष्टमेन्ट टोङजीयाङ, यिचुन जिन्हे इक्वीटी इन्भेष्टमेन्ट र नानिङ मिन्सेङ न्यू इनर्जी इन्ड्रष्टी इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने भएका हुन् ।

सम्झौता अनुसार यी ३ कम्पनीहरुले होजोन अटोको फाइनान्सीयल क्षमता अभिबृद्धि गर्न कम्तीमा ५ बिलियन युवान लगानी गर्ने छन् । साथै, यी कम्पनीहरुले होजोन अटोको छिटै आउन लागेको आइपीओ निकाल्न समेत सहजीकरण गर्ने जनाइएको छ ।

यसअघि गत मार्च २० मा होजोन र हङकङको अफिस अफ अट्रयाक्टीङ स्ट्राजेजीक इन्टरप्राइजेजसँग हङकङ सरकारको प्रमुख उद्यम साझेदार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थियो ।

उक्त सम्झौता अनुसार नेटा अटोले २०० मिलियन हङकङ डलर बरावरको अनुदान दिने र कर्नरस्टोन इन्भेष्टमेन्टबाट २०० मिलियन अमेरिकी डलर भन्दा धेरै लगानी भित्र्याउन सहयोग गर्ने भएको हो ।

नयाँ लगानीको घोषणासँगै नेटा ब्राण्ड थप आक्रमक बजार बिस्तारको रणनीति निर्माण गरेर अगाडि बढ्ने रिपोर्टहरुले उल्लेख गरेका छन् ।

होजोन अटो चीनको धेरै मध्येको एक सफल हुँदै गएको स्टार्टअप ईभी कम्पनी हो । होजोनका नेटा भी र नेटा एक्स जस्ता ईभी मोडल नेपाली बजारमा समेत बिक्री उपलब्ध छन् ।


Back_to_top