जीडूले ल्यायो ४ हजार ४ सय डलरको रेन्वो मोडल

काठमाडौं । चीनको पुरानो विद्युतीय कार निर्माता कम्पनी जीडूले मिनी ईभी ल्याएको छ । कम्पनीले नयाँ डिजाइन, फिचर र मूल्यसहित रेन्वो मोडल चिनियाँ बजारमा उतारेको हो ।

विभिन्न ५ भेरियन्टमा रेन्वो मोडल बजारमा आएको छ । कम्पनी चीनमा यसको मूल्य ३१ हजार ९०० युवानदेखि ४३ हजार ९०० युवानसम्म तोकेर बिक्री सुरु गरेको हो ।

सन् २०१४ मा नै मिनी कार उत्पादन थालेको जीडूले जीडू डी-१, डी-२, डी-३ जस्ता मोडल बनाएको थियो । सन् २०२३ मा आर्थिक संकटमा परेसँगै कम्पनीले ब्यवस्थापन परिवर्तन भएको थियो ।

नयाँ व्यवस्थापनसँगै आएको रेन्वो मोडलको लम्बाई ३२२४ एमएम, चौडाई १५१५ एमएम र उचाई १६३० एमएम छ । यसमा २१०० एमएम लामो ह्वीलबेस दिइएको छ ।

तीन ढोका भएको र चार जनाले सहज यात्रा गर्न सक्ने रेन्वोमा वाई आकारमा लाइट दिइएको छ । साथै, यसमा १३ र १५ इन्चको ह्वील दिइएको छ । यसमा डबल स्पोक स्टेरिङ ह्वील, ५ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नब टाइप फिजिकल बटम दिइएको छ ।

यसमा आधुनिक फिचरहरु मोवाइल फोन रिमोर्ट भेहिकल कन्ट्रोल, रिमोट भेहिकल अनलक, रिमोर्ट कार सर्च, सेडियुल चार्जिङ र ओटीए अपडेट दिएको छ । यसमा ब्याट्री साइज पनि फरक रहेको छ ।

यसमा भेरियन्ट अनुसार ९.९८ किलोवाट, १७.१८ किलोवाट र १७.३ किलोवाट रहेको छ । यसको साइज अनुसार १२५ किलोमिटर, २०५ किलोमिटर र २०१ किलोमिटर रेन्ज रहेको छ ।


Back_to_top