सेरेसको लिमिटलेस एक्सचेन्ज क्याम्प सुरू

काठमाडौं । सेरेसले लिमिटलेस एक्सचेन्ज क्याम्प सुरू भएको छ । नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्ल्यूले आजदेखि देशभरका आधिकारिक डिलर तथा शोरुमहरू एक्सचेन्ज क्याम्प संचालन गरेको हो ।

एक्सचेन्ज क्याम्पमा ग्राहकले अभूतवपूर्व फाइदाका साथै अल्टिमेट इलेक्ट्रीक एसयूभीमा अपग्रेड हुने अपूर्व अवसर पाउने कम्पनीले जनाएको छ ।

क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र सहजै फाइनान्सिङ सुविधा पाउने छन् ।

अन द स्पट कार भ्यालुएसन अन्तर्गत ग्राहकले आफ्नो कारको भ्यालुएसन तुरुन्तै गराउन सक्ने छन् भने बेस्ट एक्सचेन्ज रेट पाउने छन् । साथै, आफ्नो पुरानो गाडीसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाको पानाीपोखरी, भक्तपुर, थसिखेल, नक्सालमा शोरुम र उपत्यका बाहिर पोखरा, बुटवल, नेपालगञ्ज, नारायणघाट, बिर्तामोड र विराटनगरमा एक्सचेन्ज क्याम्प चलिरहेको छ ।


Back_to_top