रेन्ज रोभर तथा रेन्ज रोभर स्पोट्स भारतमा बन्ने, मूल्य ५६ लाखसम्म घट्ने

काठमाडौं । वेलायती अटोमोबाइल कम्पनी जागुवार ल्याण्ड रोभरले (जेएलआर) आफ्नो फ्ल्यागसिप मोडलहरू रेन्ज रोभर तथा रेन्ज रोभर स्पोट्स भारतमा बनाउने भएको छ ।

कम्पनीले भारतको पुनेमा रहेका जेएलआर प्लाण्टबाट यी एसयूभी उत्पादन गर्ने भएको हो । भारत वेलायतपछि रेन्जरोभर र रेन्जरोभर स्पोर्टस एसयूभीहरू बनाउने पहिलो देश हुनेछ ।

पुनेको जेएलआर प्लाण्टमा यसअघि नै कम्पनीका भेलार, इभोक, जागुवार एफपेश र डिस्कभरी स्पोट्स एसेम्बल हुने गरेको छ । भारतमा बनेसँगै लग्गजरी एसयूभीको मूल्यमा भारी गिरावट आउने भएकाे छ । साथै, यी मोडलहरूको वेटिङ पिरियड समेत उल्लेखनिय रूपमा घट्ने छ ।

भारतमा उत्पादन हुने रेन्जरोभर लङ ह्वीलबेस मोडल हुनेछ । यसमा ६ सिलीण्डरको ३.० लिटरको डिजल इन्जिन रहेको छ जसले ३४५ हर्सपावर तथा ७०० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यस्तै, अर्को रेन्ज रोभर अटोबायोग्राफिमा ३.० लिटरकै ६ सिलिण्डरको पेटोल इन्जिन रहनेछ । यो इन्जिनले ३९२ हर्सपावर तथा ५५० न्युटन मिटरको टर्क जेनेरेट गर्नेछ ।

कम्पनीले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतमा उत्पादन भएपछि रेन्जरोभरको मूल्य ५६ लाख भारु र रेन्जरोभर स्पोट्सको मूल्य २९ लाख भारुसम्म घट्ने भएको छ ।

भारतमा उत्पादन भएको रेन्जरोभर स्पोट्सको बिक्री आगामी अगस्ट १६ बाट हुनेछ भने रेन्जरोभरको बिक्री सुरू हुने मिती तय भएका छैन । रेन्ज रोभर पेट्रोल र डिजेलेको मूल्य ३ करोड १६ लाख र २ करोड ८० लाख बाट घटेर २ करोड ६० लाख भारु र २ करोड ३६ लाख भारु भएको हो । त्यस्तै रेन्ज रोभर स्पोट्सको मूल्य डिजल र पेट्रोलको १ करोड ६९ लाखबाट घटेर १ करोड ४० लाख भारतीय रुपैयाँ भएको हो ।

जेएलआरका गाडीहरू टाटा मोटर्सको प्लान्टमा उत्पादन गर्नको लागि सन् २०११ मै सम्झौता भएको थियो । भारतमा उत्पादन भएको पहिलो मोडल फ्रिल्याण्डर हो ।


Back_to_top