काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचीलाई मध्येनजर गर्दै टाटा मोटर्सको थापाथलीसहित देशभरकै शोरुममा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको हो ।
कम्पनीका अनुसार एक्सचेन्ज क्याम्पमा ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरू साट्न सक्नेछन् ।
एक्सचेञ्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरू रहेका छन ।
यस कार्यक्रममा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न गर्न सक्नेछन् ।

