बीवाइडीले प्रयोग गर्‍यो ५३२ किलोवाट आवरको ब्याट्री

काठमाडौं । बीवाइडीले पहिलो पटक गाडीमा ५३२ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरेको छ । कम्पनीले वेलायतमा सार्वजनिक गरेको बीडी–११ मोडल लन्च गरेसँगै यसको चर्चा चुलिएको हो ।

बीवाइडीको नयाँ बसले लण्डनमा यसअघि चल्दै आएको दुई तले रेड बसलाई प्रतिस्थापन गर्न लागेको समाचारहरु बाहिर आएका छन् ।

यसले एक पटकको फुल चार्जमा ६४० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ । लण्डन बसले एक दिनमा २०० देखि ३५० किलोमिटरको यात्रा गर्ने गरेको छ । यस हिसावले एक दिनको चार्जमा झण्डै दुई दिन यी बसहरु चलाउन सकिने छ ।

ब्लेड ब्याट्री प्रयोग भएको उक्त बसको मूल्य ६ करोड ८० लाख नेपाली रुपैयाँ हाराहारी पर्नेछ । बीवाइडीले चीनमा उत्पादन गरेका यी बसहरु बसहरु अन्य प्रतिस्पर्धीकोभन्दा १ करोड ८० लाख रुपैयाँले सस्तो छ । बीवाइडीले यसअघि वेलायतमा १ हजार ८०० भन्दा बढि बसहरु डेलिभरी गरिसकेको छ ।

बीवाइडी बिडी–११ बसको लम्बाई १०.९ मिटर, चौडाई २.५५ मिटर तथा ४.३ मिटर उचाई रहेको छ । यी बसमा एक पटकमा ९० जनासम्म प्यासेन्जरले यात्रा गर्न सक्नेछन् ।

यी बसहरु चार्ज गर्न ५०० किलोवाटको पन्टोग्राफ चार्जरको प्रयोग हुन्छ । उक्त चार्जरले बसलाई शून्यबाट १०० प्रतिशत चार्ज गर्न केबल १२० मिनेट लाग्ने जनाइएको छ ।


Back_to_top