नयाँ जेनेरेशनको जीप कम्पास हाइब्रिड र प्योर ईभीमा आउँदै

काठमाडौं । अमेरिकी एसयूभी कम्पनी जीपले मिडसाइज एसयूभी कम्पासको नयाँ जेनेरेशन मोडल ल्याउने भएको छ ।

सन् २०१६ मा दोस्रो जेनेरेशन लन्च गरेको कम्पनीले ८ वर्षपछि नयाँ जेनेरेशन ल्याउने भएको हो ।

जीपको कम्पास अन्तर्राष्ट्रिय बजारमा सन् २००७ बाट बिक्री सुरू भएको थियो । भारतको पुनेमा रहेको रन्जनगाउँ प्लान्टमा उत्पादन भइरहेका जीप कम्पास राइह्याण्ड ड्राइभ देशमा समेत निर्यात हुने गरेको छ ।

नयाँ जेनेरेशन कम्पासमा लेबल २ को एड्भान्स ड्राइभर असिस्ट सिस्टम हुनेछ । कम्पासमा ई हाइब्रिड र फोरएक्सई प्लगइन हाइब्रिड पावरट्रेनको अप्सन रहनेछ । एसटीएलए मिडियम आर्किट्क्चरमा बन्ने नयाँ जेनेरेशन कम्पासमा कतिपय मार्केटका लागि हाइब्रिड तथा अल इलेक्ट्रीक पावरट्रेन समेत उपलब्ध हुनेछ ।

नयाँ जेनेरेशन कम्पासको विस्तृत विवरण नबाहिरिए पनि यसमा २।० लिटरको डिजल तथा १।५ लिटरको पेट्रोल इन्जिन रहने छ । नयाँ जेनेरेशन कम्पास आगामी वर्षमा लन्च हुने अनुमान गरिएको छ ।


Back_to_top