नेटा र सीएटीएलको १० वर्षे रणनीतिक सम्झौता

काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी नेटा अटो र विश्वको सबैभन्दा ठूलाे ब्याट्री उत्पादक कम्पनी सीएटीएल बीच १० वर्षे रणनीतिक साझेदारी भएको छ ।

सीएटीएलको इन्ट्रीग्रेटेड इन्टेलिजेन्ट च्यासिस (सीआईआईसी) , ब्याट्री स्वाप, भेहिकल टु ग्रिड, ब्याट्री रिसाइक्लिङ र बजार विकासमा दुई कम्पनीले संयुक्त रूपमा काम गर्ने सम्झौता गरेका हुन् ।

यो सम्झौता सन् २०२५ देखि २०३४ सम्म लागू हुनेछ । गत मे २४ मा संघाइमा भएको सम्झौता अनुसार नेटाले आफ्ना ईभीहरूमा सीएटीएलको ब्याट्रीलाई प्राथमिकतामा राख्ने छ । यसका अलावा दुई कम्पनीहरूले संयुक्त रूपमा जिरो कार्बनको एरियामा समेत काम गर्ने छ ।

सीएटीएल र नेटाले विगत केहि वर्षदेखि विभिन्न क्षेत्रमा संयुक्त कार्य गरिरहेको छ । यो वर्षको दोस्रो हाफसम्म बिक्री सुरू हुने नेटा एसमा सीएटीएलकाे सीआइआइसी च्यासिसको प्रयोग हुनेछ । नेटा एस ८०० भोल्ड आर्किटेक्चरमा बनेको ईभी हो । यसमा हाइ भोल्टेज फास्ट चर्जिङ टेक्नलोजी रहने छ ।

नेटा र सीएटीएलले सन् २०२१ नोभेम्बर ८ मा पहिलो पटक टेक्नलोजी विकास र सप्लाई मेनेजमेन्टमा रणनीतिक सहयोग सम्झौता गरेको थियो । सीएटीएलले नेटाको डी २ फाइनान्सिङ राउण्डमा सहभागी भएर कम्पनीमा लगानी समेत गरेको बताइएको छ ।

साउथ कोरियन मार्केट रिसर्च एजेन्सी एएनईका अनुसार सीएटीएलको हाइ भोल्टेड ब्याट्रीमाको विश्व बजार हिस्सा सन् २०२३ मा ३६।८ प्रतिशत रहेको छ ।


Back_to_top