काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी मारुती सुजुकीले नयाँ ईभी ईडब्ल्यूएक्सको प्याटेन्ट दर्ता गरेको छ । मारुती सुजुकीले दर्ता गरेको प्याटेन्ट सन् २०२३ को अटो एक्स्पोमा शोकेश भएको मारुती सुजुकीको वागनआरको इलेक्ट्रीक भर्सन रहेको अनुमान गरिएको छ ।
ईडब्ल्यूएक्समा वागनआर जस्तै टलब्वाई डिजाइनमा रहेको छ । यसको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ र उचाइ १६२० रहेको छ । यसको फ्रन्टमा सिसेपको लाइट क्लस्टर सहित क्लोज अफ ग्रिल रहेको छ । लोअर बम्परमा प्लास्टिक क्लाइडिङ भएकाे याे ईभीकाे बम्पर, ह्वील र साइड स्कर्टमा यल्लो हाइलाइट्स रहेको देखिन्छ ।
सुजुकीले यसअघि ईडब्ल्यूएक्समा २३० किलोमिटरको रेन्ज हुने दाबी गरेता पनि यो वागन आर इलेक्ट्रीक हो वा होइन कन्फर्म भएको छैन ।
मारुतीले भारतका लागि हाइब्रिड भेहिकलमा जोड दिइरहेको छ । कम्पनीले साना कारहरूमा समेत नयाँ टेक्नलोजीको सिरिज हाइब्रिड इन्जीन ल्याउने योजना बनाएको छ ।

कम्पनीले पहिलो ईभीको रूपमा ईभीएक्स एसयूभी लन्च गर्ने छ । ईभीएक्समा ६० किलोवाट आवरको ब्याट्रीप्याक हुने र यसको रेन्ज ५५० किलोमिटरसम्म हुने कम्पनीले दाबी गरेको छ । सुजुकी मोटर्सले भारतमा ईभी उत्पादन गरी विश्व बजारमा निर्यात गर्ने योजना बनाइरहको छ ।

