केटीएम ड्यूक-१२५ VS ड्यूक-२००, यस्तो छ तुलनात्मक भिन्नता

काठमाडौं । केटीएमले हालैमात्रै भारतीय बजारमा केटीएम ड्यूक-१२५ मोटरसाइकल सार्वजनिक गरेको छ । केटीएमले १२५ सेग्मेन्टको केटीएम ड्यूक-१२५ र ड्यूक-२०० को बिक्री-वितरण सुरु गरिसकेको छ । ड्यूक-१२५ प्रिमियम सेग्मेन्टको मोटसाइकल हो । केटीएम ड्यूक-२००, एबीएस विशेषता समेटिएकोे आधुनिक मोटरसाइकल हो । तर, यी दुई मोडलबीच फकरपनलाई यसरी प्रस्तुत गरिएको छ । 

डिजाइन तथा स्टाइल

केटीएम ड्यूक र ड्यूक-२०० एउटै अवधारणामा निर्माण गरिएका मोटरसाइकल हुन् । यी मोटरसाइकलमा प्रायः समान प्रकारको स्टाइल र डिजाइन दिइएको छ । यी दुई मोडलको ग्राफिक्समा भने निकै भिन्नता रहेको छ । कम्पनीले ड्यूक-२०० को ग्राफिक्समा परिमार्जन गरेको छ । कम्पनीले यी दुबै मोटरसाइकल युवापुस्ताको मागलाई ध्यानमा राख्दै निर्माण गरेको हो ।

आकार

ड्यूक-१२५ को लम्बाई १ हजार ९ सय ९३ मिमि रहेको छ भने चौडाई ७ सय ८९ मिमि र उचाई १ हजार ८३ मिमि रहेको छ । यसमा १ हजार ३ सय ६६ मिमिको ह्वील–बेश दिइएको छ । केटीएम ड्यूक-२०० को लम्बाई २ हजार २ मिमि, चौडाई ८ सय ७३ मिमि र उचाई १ हजार २ सय ७४ मिमि रहेको छ । यसकासाथै यस मोडलमा १ हजार ३ सय ६७ मिमिको ह्वील-बेश दिइएको छ । 

इन्जिन क्षमता

ड्यूक-१२५ मा उपलब्ध १२४.७ सीसीको लिक्विड-कुल्ड सिङ्गल सिलिन्डर इन्जिनले १४.५ बीएचपी पावरकासाथै १२ एनएम-टर्क उत्पादन गर्छ । कम्पनीले यस मोटरसाइकलमा सिक्स-स्पीड म्यानूअल गियरबक्स लगाएको छ । यसकासाथै ड्यूक-२०० मा उपलब्ध १९९.५ बीएचपी पावरको लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले २४.६ बीएचपी पावरकासाथै १९.२ एनएम-टर्क उत्पादन गर्छ । यसमा सिक्स-स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । 

विशेषता

डूक-१२५ मा कम्पनीको अत्याधिक रुचाइएको मोडल डूक-३९० र डूक-२०० मा प्रयोग भएका अधिकांश फिचरहरू उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी-कलर डिस्प्ले, ब्लू-टुथ स्मार्टफोन इन्टीग्रेसन, फूल-एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक-१२५ मा उपलब्ध छ । केटीएम ड्यूक-२०० एबीएस बाइकमा सिङ्गल च्यानल एबीएसकासाथै नयाँ स्टाइल र एड्भान्स विशेषताहरू दिइएको छ । परिमार्जित मोटरसाइकलमा सिङ्गल पिस ह्यान्डलबार, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । कालो, सुन्तला र सेतो तीनकलर भेरियन्टमा उपलब्ध बाइकको पाङ्ग्रामा कालो, सेतो, सुन्तला रङ्ग लगाइएको छ ।

मूल्य

ड्यूक-१२५ को मूल्य १ लाख १८ हजार भारतीय रुपैयाँ रहेको छ भने ड्यूक-२०० को मूल्य १ लाख ६१ हजार भारु रहेको छ । 


Back_to_top