काठमाडौं । चिनियाँ अटोमोवाइल जाइन्ट बीवाइडीले २१०० किलोमिटर रेन्ज दिने कार ल्याएको छ । कम्पनीले पाँचौ जेनेरेशनको प्लगइन हाइब्रिड सिस्टममा लन्च गरेको मोडलले उक्त रेन्ज दिने कम्पनीको दावी हो ।
पाँचौ जेनेरेशनको हाइब्रिड सिस्टममा आधारित पहिलो मोडल बीवाइडी ‘क्वीन एल र सिल डीएम आई’ बजारमा ल्याएको छ । यीे नयाँ हाइब्रिड सिस्टम भएका कारमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । यी कारमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएका छन् ।
बीवाइडीले दुबै कारमा १५.८७ किलोवाटको व्याट्री प्याक रहेको छ । यसको इलेक्ट्रीक रेन्ज १२० किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज र फुल ट्याङ्की पेट्रोल हाल्दा सीएलटीसीका अनुसार २१०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
बीवाइडीले नयाँ हाइब्रिड सिस्टमको नाम ‘फिफ्थ जेनेरेशन डीएम आई’ दिएको छ । यो टेक्नोलोजीले २.९ लिटर पेट्रोलबाट १०० किलोमिटर गुड्न सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।

नयाँ टेक्नाेलोजीमा पहिलो सिस्टममा जेनेटरले गाडीलाई ड्राइभ गर्न सक्ने र ड्राइभ मोटरले जेनेरेटरको समेत काम गर्न सक्नेछ । यसमा ड्राइभ मोटर र प्लानेटरी गियर सिस्टम सबै एकै सेलमा युनिफाइड रहेको छ । त्यसको सहायताले गाडी गुड्दा गुड्दै ब्याट्री चार्ज हुनेछ ।
दोस्रो सिस्टममा रहेको डिउल क्लचले पुरानो जेनेरेशनमा जस्तो सिंगल स्पीड गियरको मात्र काम नगरी वर्किङ मोडलाई समेत कन्ट्रोल गर्नेछ । बीवाइडीको यो सिस्टममा सिरीज प्यारेलल हाइब्रिड सिस्टम रहेको छ । जहाँ इलेक्ट्रीक मोटर वा इन्जिनले कारलाई पावर दिन्छ ।


