यो हो टोयोटाको ‘टीजे क्रूजर कन्सेप्ट कार’

टोयोटाले ‘टीजे क्रूजर कन्सेप्ट’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा जारी ‘एलए अटो शो–२०१८’ मा कम्पनीले यो कन्सेप्ट सार्वजनिक गरेको हो । 

टीजे–कन्सेप्ट एउटा यस्तो गाडी हो, जसको टूल–बक्स र जोए विशेष हुन्छ । क्रूजरको लागि टोयोटा अटोमोटिभ पोर्टफोलियोमा यो कन्सेप्ट एकदमै चर्चित रहेको छ ।

टोयोटाले पहिलोपटक सार्वजनिक गरेको टीजे–क्रुजर कन्सेप्टमा कार्गो भ्यान निर्माण गरेको छ । जसमा बोक्सी एसयूभीको रग्ड डिजाइन प्रयोग गरेको छ । यो गाडी सिट्रोइन सी–४ क्याक्टसजस्तै देखिएको छ । 

यस गाडीको हुड, रुफ र फेन्डर सबैतिर सुरक्षाका लागि विशेष प्रकारको कभरिङ्ग गरिएको छ ।

त्यस्तै, यसमा २० इन्चको ह्वील, स्टर्डी सस्पेन्सन सिस्टम, अल–ह्वील ड्राइभ, स्लाइडिङ्ग रियर–डोर, टाई–डाउन पोइन्ट, लार्ज लोड एरिया, डेक बोर्डलगायतका आधुनिक फिचरहरू पनि उपलब्ध छ । यस गाडीमा २.० लिटर हाइब्रिड पावरट्रेन दिइएको छ । 


Back_to_top